logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्वदलीय बैठकमा माधव झलनाथ नजाने !


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् ।

बुधबार र बिहीबार तय भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका कारणले जान नभ्याइने उनीहरुले एमाले नेता विष्णु रिजालले जानकारी दिए । राष्ट्रिय भेलामा पेश हुने अवधारणापत्र तयारीका कारणले जान नभ्याउने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजे नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

नेता रिजालले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका बेला सर्वदलीय बैठक आह्वान गर्नु शोभनीय नभएको बताए ।

‘देशमा संकट बेला प्रधानमन्त्रीले नै असंवैधानिक ढंगले संसद विघटन गर्दा जतिबेला छलफल गर्नुपर्ने थियो त्यो बेलामा उहाँ चुप लाग्नुहुन्छ, पार्टीका नेताहरु पूर्व प्रधानमन्त्री छन् भन्ने उहाँलाई याद हुँदैन, जब प्रधानमन्त्रीलाई अप्ठेरो पर्‍यो, पार्टीभित्र उहाँ अप्ठेरोमा पर्नुभयो भनेपछि यो (सर्वदलीय बैठक) गर्नुभएको हो, यो शोभनीय छैन’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार