सहिद तथा बेपत्ता योद्धा सन्नति फाउन्डेसनको संगिता बरालको अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन भएको छ । चैत १ गते बसेको फाउण्डेसनको कार्यसमितिको बैठकले २१ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको अध्यक्ष नवीनविष्णु पोख्रेल र महासचिव अटल आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महान सहिदहरुको सम्मान गर्दै जनयुद्ध र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका सहिद र वेपत्ताहरुको परिवारलाई सम्मान, सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनु पर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनको स्थापना गरिएको बताएका छन् ।