logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीकाे माधवलाइ ‘भुमिगत’ अफर, कुन पदमा जाने ?


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०७७

एमालेभित्रको विवाद निकै उत्कर्षमा छ । पार्टी अध्यक्षका नाताले केपी ओलीले विवाद मिलाउने भन्दा भत्काउने र विगार्न लागेेेको आरोप लाग्यो । प्रतिशोधको भावनाबाट उत्प्रेरित भई फागुन २८ गते केन्द्रीय कमिटी विस्तार गर्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद चर्काउने काम भयो ।

सोही विवादको क्रम उत्कर्षमा पुगेकै बेला बुधबार नेपाल पक्षले सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरी ओलीलाई चुनौति दियो । त्यसो हुनुअघि एमाले पार्टीका शीर्ष नेताहरुको बीचमा के कस्ता विषयहरुमा छलफल भएको थियो त्यो सबैलाई चासो भएको छ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी आइपुगेपछि उनीहरुले शुरुमै ओलीबाट पुरानो केन्द्रीय कमिटीको बैठक राख्न आग्रह गरेका थिए । त्यस आग्रहलाई वेवास्था गर्दै ओलीले माओवादी केन्द्रबाट आफूलाई साथ दिएर वर्तमान सरकारमा समेत सहभागी भएका केही मन्त्री र २३ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरी आफ्नो पक्षमा बहुमत बनाए । ओलीले आफ्नो पक्षमा बहुमत बनाएपछि नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसिदिए ।

त्यसपछि भने ओली निकै ठूलो दबबमा परे । ओली दबाबमा परेपछि आइतबार अर्थात चैत १ गते ओलीले माधव नेपाल सहितका नेताहरुसँग छलफल गर्न बाध्य भए । छलफलमा कुरा नमिलेपछि आइतबार साँझ चिनियाँ कम्युनिष्ट पार्टीको एक टिमले मध्यस्थता गरेकाे बताइएपनि यसकाे स्वतन्त्र पुष्टि हुनसकेकाे छैन । सोमबार विहान नेता नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव लिएर एउटा समूह पुग्यो । ओलीकाे तर्फबाट राखेको त्यो प्रस्तावलाई नेपालले तुरुन्तै अस्वीकार गरे ।

नेपालले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको केही समयपछि अर्को समूहले नेपाललाई प्रधानमन्त्री बन्न तयार हुनु र त्यसका लागि ओलीसँग वार्ता गर्न र भेला रोक्नुपर्ने शर्त राख्यो । तर नेपालले यो विषय अहिले मलाई नसुनाउनु पार्टीभित्र ओलीको धेरै दादागिरी बढ्यो अहंकार बढेको छ नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशयी भएको छ भन्दै सो समूहलाई फिर्ता गरेपछि मंगलबार ओली समूह नेपाल समूहमाथि आक्रोसित बन्न थाल्यो ।

चिनियाँ कम्युनिस्ट पार्टी र चिन सरकार नेपाल मा बामपन्थीहरु कै नेतृत्व सरकार भएको हेरणन चाहान्छ, त्याे नेपाली जनताकाे अभिमत पनि हाे ।   कम्युनिष्ट पार्टीको एकतालाई कायम राख्ने र निर्वाचनसम्म कार्यगत एकताको पहलसम्म गराउने गरी अगाडि बढ्न चिनियाँ राजुद हाउ यान्छीले केही समय अघि तत्कालीन नेकपाका नेताहरुलाइ अनुराेध गरेकि थिइन् ।

वामपन्थीकै सरकार कायम राख्नेगरी माधव नेपाललाई प्रधानमन्त्री बनाएर भएपनि अहिलेलाई कम्युनिष्ट पार्टीलाई कार्यगत एकताको चरणमा लैजाने सो समूहको उदेश्य रहेको छ । तर पनि अहिलेसम्म कामयावी भएको देखिदैन  ।

माधव नेपाललाई प्रधानमन्त्री बनाउने हो भने माओवादी केन्द्रको समर्थन रहने र एमालेमा पनि बलियो एकता हुने अध्ययन गरी सो समूहले राष्ट्रिय कार्यकर्ता भेला रोकेर ओलीसँग संवाद थाल्न आग्रह गरेको थियो । तर नेपालले बुधबार सो भेलाको आयोजना गरेपछि ओलीले बुधबार नै एउटा विद्युतीय मिडियालाई अन्तरवार्ता दिएर नेपाललाई पक्षलाई कारवाही गर्ने चेतावनी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार