logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रिमतीले ओलीलाई साथ दिएपछि के गर्लान् बामदेव ?


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०७७

राजनीतिकमा स्वभाविक लाग्ने तर अस्वभाविक देखिने केही घटना छन् । परिवारका सदस्य राजनीतिक आस्थाकाे कारण फरक पार्टीमा त लाग्ने गर्छन् तर एउटा पार्टीको नेतृत्व गरिरहेकाे नेताका परिवार अर्को पार्टी वा बिचार समूह वा गुटमा लाग्दा प्रश्न उठ्छ राजनीतिक जिम्मेवारी वा नैतिकताकाे । आफ्नै परिवारले नबुझेकाे बिचार अरुलाइ कसरी कन्भेन्स गर्न सकिन्छ ? वा अरुलाइ हाम्रो पार्टीमा आउनुस् भन्न के सजिलोसँग मिल्छ ? यी प्रश्नकाे उत्तर नेपाली राजनीतिमा छैन ।

थुप्रै त्यस्ता उदाहरण छन् नेपाली राजनीतिक बृतमा यस्तै एक घटना का पात्र हुन बामदेव गाैतम । गाैतमजस्तै असंख्य पात्र छन् नेपाली राजनीतिमा । नेकपा एमालेको विवाद उत्कर्षमा पुग्दा नेताहरु फरक समूहमा देखिएका छन् । एउटै परिवारका सदस्य राजनीतिमा लागेकामा भिन्न समूहमा देखिएको अवस्था पनि छ ।

एमालेका प्रभावशाली नेता बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी नेकपा एकता अभियान चलाउँदै आएका छन् । गौतम ५ पौषयता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी भएका छैनन् । एक्लाएक्लै भेटवार्ता भने गरेका छन् ।

गौतम तटस्थ भुमिकामा बसेपनि उनकी पत्नी तुलसा थापा भने ओली समूहको बैठकमा सहभागी हुँदै आएकी छिन् । उनी आजको संसदीय दलको बैठकमा पनि सहभागी छिन् ।

तुलसा थापा प्रतिनिधि सभामा समानुपातिकतर्फकी सांसद हुन् । उनको ओली समूहले डाकेको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार