राजनीति
काठमाडौँ- राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयले सातवटै प्रदेशका प्रमुख समेत हट्ने भएका छन् ।
बुधबारको मन्त्रिपरिषद्को निर्णय सात वटा प्रदेश प्रमुखको हकमा समेत लागु हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिए । उनले प्रदेश प्रमुखहरूको नयाँ नियुक्तिका लागि प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिए ।