logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

किन फर्काइए बालुवाटारको बाटैबाट माधव पक्षीय सांसद


  • राजनीति
  • शुक्रबार, चैत्र ६ २०७७

सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागि हुन गएको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको टोलीलाइ बीच बाटोबाटै फर्काइएको छ ।

नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका हुन् । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् । माधव पक्षका एक नेताले भने, ‘मूल नेताहरू दलको बैठकमा जानुहुन्न ।’

सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेका थिए । उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने पोखरेलले जानकारी दिए ।

संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार