logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

दुश्मनले जहाँ टेक्यो त्यहाँ पड्किन सक्ने युद्ध आवश्यक : उदय बहादुर चलाउने ‘दिपक’

नेकपाका केन्द्रिय सदस्य तथा पुर्व डिभिजन भिसीको सनसनी पुर्ण खुलासा


  • राजनीति
  • शनिबार, असार २३ २०७५

नेपाली जनयुद्वले आफ्नो शानदार सफलताका दुई वटा चरणहरु (रणनैतिक रक्षा र रणनैतिक सन्तुलन) पूरा गरी अन्तिम चरण– रणनैतिक प्रत्याक्रमणमा प्रवेश गरीसकेको छ । विशेष गरी पुरानो सत्तासँग दोस्रो पटकको वार्ताप्रक्रिया पश्चात प्रतिक्रियावादी–फासीवादी गुटद्वारा एकोहोरो माओवादी शक्ति क्षिण भएको भनि फैलाईएको अफवाहका विरुद्व जवाफ स्वरुप गरीएको वेनि आक्रमण रणनैतिक सन्तुलनवाट प्रतिआक्रमणमा प्रवेशको ऐतिहासिक कोसेढुङ्गा सावित भयो ।

जनयुद्ध आज जुन उचाईमा वढिरहेको छ, प्रारम्भमा त्यस सम्वन्धिको वुझाई र कार्यान्वयनका चुनौतिहरु स्वभाविक रुपमा अहिलेको तुलनामा सामान्य थिए । तर, ति त्यतिबेलाकै स्तरबाट हेर्दा भने चानचुने थिएनन् । जति वेला जनयुद्वको थालनी एउटा सामान्य प्रहरी चौकी कव्जा या कुनै सरकारी संस्थान कव्जावाट शुरु गर्नुप¥यो त्यस सम्वन्धिको योजना असामान्य र त्यसमा भागलिनु भयंकर जटिल कूरा हुन्थ्यो । जति अहिले दुष्मनको लडाकू हेलिकोप्टर र एम.१६ प्रति एउटा आतंक र भ्रम छ । युद्वमा दुष्मनलाई चिन्नु र आफूलाई चिन्नु सफलताको प्रमूख सर्त हुन्छ । यदि कसैले आफुलाई मात्र चिन्न सक्यो, दुष्मनलाई चिन्न सकेन भने उसले सफलता हासील गर्न सक्दैन । त्यसको साथै दुष्मनलाई त चिन्यो तर आफूलाई चिन्न सकेन भने पनि त्यहाँ ऊ असफल नै हुन्छ ।

जनयुद्वको अगाडी अब केन्द्रीय सत्ता कव्जा गर्ने अर्थात पूरानो सत्ताका विरुद्व अन्तिम विद्रोह सहितको निर्णायक धावा बोल्नु पर्ने चुनौति खडा भएको छ । त्यसको लागि प्रत्याक्रमणको अन्तिम कार्ययोजना सहित अघि बढ्न जरुरी छ । यतिवेला सवैको मनमा प्रश्नहरु स्वभाविक रुपमा उठिरहेका छन्– के प्रत्याक्रमणको कार्ययोजना कार्यन्वयनको संभावना छ त ? के दुष्मनको प्रविधिलाई निस्तेज गर्न सकिन्छ त ? शाही सामन्ति सेनाले त हारीसक्यो । तर प्रत्येक्ष वैदेशिक अतिक्रमण भए त्यसलाई पार्टीले कसरी प्रतिरोध गर्ला ? या साम्राज्यवादी हस्तक्षेपवाट राष्ट्रलाई कसरी वचाउने ? यि र यस्ता केही प्रश्नहरुको जवाफ हो– आमजनता र सिङ्गो पार्टीको फौजीकरण । अन्यथा आगामी चुनौतीहरुको सामाना गर्न जटिल हुने छ ।

फौजीकरणको अर्थ हो आम जनता र सिङ्गो पार्टी पंक्तिमा आवद्ध सवैले न्यूनतम (आधारभूत) सैन्य ज्ञान र लडाई सम्बन्धि आभारभूत तालिम प्रशिक्षण हासील गर्नु । यो ‘सवै जनता सेना’को माक्र्सवादी मान्यता हो । विश्वमा थुप्रै क्रान्तिहरु सफल भए । तर, ति सवै आज प्रतिक्रान्तिमा फेरिइसकेकाछन् । अतः२१औं शताव्दीको क्रान्ति कसरी सम्पन्न गर्ने ? र संभावित प्रतिक्रान्ति कसरी रोक्ने ? त्यसप्रति गम्भिर भएर नै नेपाली क्रान्तिलाई हाँक्न सकिन्छ । जसलाई मध्यनजर गरेर नै नेपाली क्रान्तिको फौजी कार्यदिशामा आमजनता सेना (फौजीकृत) वन्ने आवश्यकतामा विशेष जोड गरिएको छ ।

फौजी रणनीति र कार्यनीति प्रतिको स्पष्टता

“जनता नै विश्व इतिहासका वास्तविक निर्माता र चालक शक्ति हुन् ।”“सवै खाले प्रतिक्रियावादीहरु, साम्राज्यवादीहरु र परमाणुवम कागजी वाघ हुन् । रणनैतिक रुपमा)”“अहिलेको विश्मा रहेका क्षेप्यास्त्र र क्षेप्यास्त्र विभेद अस्त्रहरु ढाल र तलवारकै विकसित रुप वाहेक अरु केहि पनि होइनन् ।” “युद्ध रक्तपातपूर्ण राजनीति हो । राजनीति रक्तपातहिन युद्ध हो ।” उपरारोक्त मान्यताहरु मालेमावादी फौजीकार्यदिशाका आधारभुत प्रश्तावनाहरु हुन् । हरेक क्रान्तिकारीहरुले यस भन्दा वाहेक र भिन्न ढङ्गले युद्धलाई वुझ्यो या सञ्चालन गर्न खोजेमा त्यो मूर्खता या व्यर्थको प्रयास वाहेक अरु केही हुन सक्दैन ।

रणनीति र कार्यनीतिको चर्चा गर्नु पर्दा अन्तिम लक्ष्य र त्यो लक्ष्य प्राप्तिको लागि आवश्यक तात्कालीन प्रयासहरु भन्ने वुझ्नु पर्दछ । जस्तै एउटा माक्र्सवादी क्रान्तिकारीको निम्ति वैज्ञानिक समाजवाद तथा विश्व साम्यवाद रणनीति हुन्छ । भने नयाँजनवाद त्यसको कार्यनीति । ठिक त्यसै गरी तेस्रो विश्वका मुलुकहरुमा कम्यूनिष्ट क्रान्तिकारीहरुको निम्ति नयाँजनवाद रणनीति हुन पूग्छ भने त्यसलाई पूरा गर्न प्राप्त गर्न अपनाउने अन्य उपायहरु कार्यनीति हुन पूग्छन् । अतः हरेक स्तरको राजनैतिक लक्ष्यहरु प्रााप्तिको औचित्य पुष्टिको लागि फौजीरुपमा पनि रणनीति र कार्यनीतिको स्पष्टता आवश्यक हुनुका साथै त्यस प्रति योजनाबद्ध अभ्यासको उत्तिकै जरुरी हुन्छ ।

अहिले नेपाली जनयुद्ध नयाँ जनवादी क्रान्तिको अन्तिम प्रक्रियामा छ । अतः नयाँ जनवाद प्राप्तिको फौजी रणनीति र कार्यनीतिहरुवारे प्रष्टता विना जनमुक्तिसेनाको वास्तविक कार्यभार पूरा हुन तथा फौजीकरणको मर्म पूरा गर्न असम्भव हुन्छ । नयाँ जनवादी क्रान्तिको आधारभूत फौजी कार्यदिशा दिर्घकालिन जनयुद्ध हो । पुरानो प्रतिक्रियावादी सत्ता र नयाँ सत्ताबीच शक्ति संघर्षको विशिष्ट स्थितिहरुमा रक्षा, सन्तुलन र प्रतिआक्रमणका तीन चरण भएर दिर्घकालिन जनयुद्धको पंक्रिया पूरा हुन्छ ।

वर्तमान विश्वमा सर्वहारावर्ग सत्ता रहित अस्थामा छ । विश्व भूमण्डलीकरण र सुचना साम्राज्यको चर्को दवदवा कायम रहेको छ । यो स्थितिमा विश्वका कुनै पनि देशमा गरीने क्रान्ति र त्यसको सफलता विश्व क्रान्तिकै निम्ति एक कोसेढुङ्गा वन्ने निश्चित छ र त्यसले विश्व क्रान्तिलाई एउटा मार्गदर्शन गर्ने छ । यहि वस्तुगत अवस्थाकै धरातलमा नेपाली क्रान्तिले वर्तमानको फौजीकार्यदिशा तय गरेको छ, त्यो हो फ्युजन । तेस्रो विश्वका मुलुकहरु, जहाँ अर्ध सामन्ति र अर्धऔपनिवेशिक सामाजिक र आर्थिक अवस्था कायम रहेको छ, त्यहाँ युद्धको मूल चरित्र गाउँवाट शहर घेर्ने दिर्घकालीन जनयुद्व नै हुने र वरु त्यसमा शहरीया विद्रोहलाई समेत समायोजन गर्नु पर्ने स्पष्टता यो कार्यदिशाको मर्म हो । जनयुद्वको थालनी– प्रथम योजना, दोस्रो, तेस्रो, चौथो अर्थात प्रायः सवै योजनाहरुको थालनी देश व्यापी धक्का सहित विद्रोहात्मक रुपमा गरिनुले पनि यसको अभ्यास मान्न सकिन्छ ।

दिर्घकालीन जनयुद्वका सम्वन्धमा कमरेड माओले शुत्रवद्ध गर्नु भएको ‘१६ अक्षेरे सुत्र’ र ‘१० सिद्धान्तहरु’लाई आधार बनाउँदै नेपाली क्रान्तिको कार्यदिशामा थप संश्लेषण गरियो । जसलाई निम्न बुँदाहरुमा शुत्रवद्ध गरिएको छः

१. गाउँको कामलाई प्राथमिकता देऊ, तर शहरको कामलाई पनि नछोड ।

२. अवैधानिक सङ्घर्षलाई प्राथमिकता देउ तर वैधानिक सम्भावनालाई पनि नछोड ।

३. निश्चित रणनैतिक ईलाकाहरुलाई प्राथमिकता देउ तर अन्य ईलाकाहरुलाई पनि नछोड ।

४. जनयुद्वको कामलाई प्राथमिकता देउ तर जनआन्दोलनको कामलाई पनि नछोड ।

५. भुमिगत कामलाई प्राथमिकता देऊ तर खुल्ला काम पनि नछोड ।

६. ग्रामिण वर्गसङ्घर्षलाई प्राथमिकता देउ तर देश व्यापी सङ्घर्षलाई पनि नछोड ।

७. छापामार काम कार्वाहीलाई प्राथमिकता देउ तर राजनैतिक भण्डाफोर र प्रचारलाई पनि नछोड ।

८. देश भित्रको प्रचारलाई प्रथमिकता देउ तर विश्व व्यापी प्रचारको कामलाई पनि नछोड ।

९. सैन्य सङ्गठन निर्माणको कामलाई प्राथमिकता देर मोर्चा सङ्गठनहरुको निर्माणको कामलाई पनि नछोड ।

१०. आफ्नै सङ्गठन र शक्तिमा भर पर्ने कुरालाई प्राथमिकता देउ तर कार्यगत एकता अन्तर्राष्ट्रिय जनमतको सहयोग र समर्थन लिने कूरालाई पनि नछोड ।

रणनीति कार्यनीतिको तुलनामा स्पष्ट र सपाट हुन्छ ।तर, कार्यनीति लचक र केहि घुमाउरो पनि हुन्छ । फौजीरुपमा कार्यनीति भनेको केन्द्रिकरण र विकेन्द्रिकरणको उचित तालमेल हो । एउटा सक्षम र कुशल फौजी कमाण्डरले आफ्नोे शक्तिलाई आवश्यकतामा उचित केन्द्रिकरण र विकेन्द्रिकरण गर्न सक्षम हुनुले नै लडाईमा सफलता प्राप्त हुन्छ । केन्द्रिकरण र विकेन्द्रिकरण सापेक्षित हुन्छ । वस्तुगत आवश्यकता र क्षमता वीचको कुल योगले यसलाई निर्धारण गर्दछ । अन्यथा आवश्यकतालाई पूरा गर्न सक्ने क्षमताको अभावमा गरिएको केन्द्रिकरण र विकेन्द्रिकरणले खासै परिणाम हात लगाउन सक्दैन ।

कार्यनीतिलाई पनि २ भागमा वाँड्न सकिन्छ । पहिलो, युद्व कार्यनीति र दोस्रो, मोर्चाको कार्यनीति । युद्ध कार्यनीति भन्नाले आवश्यकता र क्षमतावीचको समग्र समायोजन हो भन्ने कुरा माथि उल्लेख गरीसकियो । मोर्चाको कार्यनीति भन्नाले आवश्यकता र क्षमताहरुको पनि प्रत्येक वदलिदो अवस्थाको ठोस–ठोस विभाजन भन्ने बुझ्न सकिन्छ । दुष्मनको अवस्था, सङ्ख्या, प्राविधिक क्षमताको अवस्था र त्यसको आधारमा आफ्नो शक्ति र प्रविधिको विन्यास, वन्दोवस्ति, आक्रमणको विधि, समय, मूभको तयारी आदी सवै कुराहरु मोर्चाका कार्यनीति भित्र पर्ने विषयहरु हुन् ।

उच्च र न्यून प्रविधिको समायोजन

युद्धमा निर्णायक चीज विचार र मनोवल नै हो । सहि विचारले जुन नैतिकवल, ऊर्जा, उत्साह पैदा गर्छ, गलत विचारद्वारा त्यो सम्भव हुँदैन । त्यसको साथै अत्यन्तै भयङ्कर र विनाशकारी अणु अस्त्रहरुको निर्माणले मानव मनोविज्ञानमा स्वभाविक हलचल पैदा गरीरहेको छ । कतिपय मान्छेहरुलाई उक्त कूराले यतिसम्म भयभित र आतंकित वनाई रहेको छ ।

अब सर्वहारावर्गले सशस्त्र सङ्घर्षको आधारमा र युद्धको तयारीकावाट सत्ता प्राप्त गर्नु अत्यन्तै टाढाको विषय वनि सक्यो र त्यसको ठाउँमा कथित शान्तिपुर्ण र वैधानिक सङ्घर्षको माध्यामवाट अगाडि बढ्नु पर्छ भन्ने कूतर्कहरुका साथ आफूभित्रको आतंकलाई ढाकछोप गर्ने, जनमानसलाई आतंकित तुल्याउने, कार्यकर्ताहरुलाई अन्यौलमा पार्ने र कुर्सीलिप्सामा चुर्लुम्म डुबेर सुधारको नाममा जनताको क्रान्तिकारी ताकतलाई कम्जोर पार्ने जस्ता अत्यन्त नीच र घृणित कार्यहरु केहि कूतत्वहरले गरिरहेका छन् । कुरा साँचो के हो भने प्रविधिको विकासले सर्वहारावर्गलाई चुनौति थपेको मात्र होईन नयाँ असरहरुको सिर्जना पनि गरेको छ ।

सवै सर्वहारावर्गीय लडाईहरुमा प्राविधिक आपूर्ति सम्बन्धि क्रान्तिकारीहरुको एक मात्र वाटो पूरानो सत्तावाट खोस्ने नै हो । यो तरिकावाट पूरानो सत्ता सङ्ग जेजति अत्याधुनिक हतियार भएपनि सर्वहारावर्गले त्यसलाई खोसेर उसकै विरुद्ध प्रयोग गर्न सक्छ भन्ने कूरा नेपाली जनयुद्ध सप्रमाण उभिएको छ । माओवादी पार्टी हतियार विहिन स्थितिवाट हाल आएर ८१ एम.एम. तथा २” मोर्टार, जि.पी.एम.जि., एल.एम.जि., वेस्ट स्न्यापर, एम.१६, गलिल, ईन्सास आदीद्वारा लैस हुनुले पनि राम्रो पुष्टि गरेको छ ।

उत्पादनको नीम्ति प्रयोगहुने कुनै पनि वस्तुलाई ध्वंसको निम्ति प्रयोग गरिन्छ भने त्यो हतियार बन्छ । त्यसो त दुष्मनको क्षेति गर्न क्षेप्यास्त्रहरु प्नि अप्रयाप्त हुनेकूरा कसैका सामू छिप्न सकेको छैन । भियतनाम जो विश्व सामू एक यस्तो ज्वलन्त उदाहरण हो जसले अमेरिकाका हजारौं लडाकू विमान, दशौंहजार टन बम् र लाखौं सेनाहरुलाई सामान्य प्रविधिको प्रयोगद्वारा नै पराजित गरिदिएको छ । भर्खर मात्र इराक र अफगानीस्तानमा विश्वको नं एक दादा भन्ने अमेरिकाले व्यहोर्नु परेको क्षति, जो आफूलाई उच्च प्रविधि सम्पन्न राष्ट्रको घमण्ड गर्छ, ले पनि यसको राम्रो प्रमाण पेश गरेको छ । अतः नेपाली सैन्य कार्यदिशाको मान्यतामा फौजीकरणको एउटा प्रमुख तत्व उच्च र न्यून प्रविधिको समन्वय पनि हो ।

उदाहरणको लागि एउटा अत्याधुनिक हतियार जि.पी.एम.जि. वोकेको दुष्मनलाई सोला, धनुषकाँड, तोप आदी न्यून प्रविधिले मारी दिन्छ भने त्यतिवेला जि.पी.एम.जि. पनि नकाम भैदिन्छ । र त्यो तोप नै एउटा जि.पी.एम.जि. भन्दा ठूलो हतियार बन्न पुग्छ । जुन जि.पी.एम.जि. जनताले सजिलै उपलव्ध गर्न सक्दैनन् तर, तोप उपलब्ध त हुन्छ ।

प्रतिक्रियावादीहरुले वारुदी सुरुङ्गमाथिको प्रतिवन्ध लगाउने अभियानलाई जोडतोडका साथ उठाई रहेका छन् किन ? त्यसका पछाडीको कारण यहि हो कि जनतालाई फौजी प्रविधी द्वारा आत्मानिर्भर सु–सज्जित हुनवाट वन्देज गराउनु । उच्च प्रविधिलाई प्रयोग गर्ने क्षमता आर्थिक र अन्य सवै रुपमा जनपंक्तिमा नहुने भएकोले आफूमा प्रविधिक श्रेष्ठता कायम राखिराख्न यस प्रकारका घरेलु प्रविधिमाथि प्रतिवन्धको कुरा साम्राज्यवादीहरुले उठाई रहेका छन् । यसर्थ जनतालाई प्राविधिक रुपमा आत्मनिर्भर वनाई राख्न उच्च र न्यून प्रविधि वीचसमन्वय फौजीकरण सम्बन्धि अर्को महत्वपूर्ण सवाल हो ।

आम सशस्त्रीकरण अर्थात आधारभूत तालिम र प्रविधिद्वारा सु–सज्जित गर्नेवारे । ‘सेना नभएको जनतासङ्ग आफ्नो भन्नु केही पनि हुँदैन’ । राज्यसत्ता प्राप्तिको यो मालेमावादी मान्यता हो । सर्वहारा वर्गले राज्यसत्ता प्राप्त गर्ने यो आधारभूत र अनिवार्य शर्त समेत हो । तर, सर्वहारा वर्गले विकसित साम्राज्यवादी युद्व प्रविधिका विरुद्ध प्रत्यक्ष टक्कर लिनु पर्ने र त्यसलाई पराजित गर्नुपर्ने थप चुनौति समेत भएकोले सर्वहारा वर्गको सेना गठन त अनिवार्य हुँदै हो, त्यसको साथ–साथै विभिन्न तह र तप्काका जनसमूदायलाई न्यूनतम प्रविधिद्वारा लैस गराउनु र आधारभूत तालिमद्वारा उनिहरुलाई लैस वनाउन थप आवश्यक छ ।

दुश्मन जहाँ टेक्छ त्यहाँ पड्कन सक्नु साम्राज्यवादी युद्व प्रविधिका विरुद्वको फौजी मान्यता हो । त्यसको लागि जव आम जनता आधारभूत तालिम र न्यूनतम प्रविधिद्वारा सु–सज्जित र सङ्गठीत हुनेछन् तव मात्र दुश्मन जहाँ टेक्छ त्यहाँ पड्किन सम्भव हुनेछ । यसलाई २१ औं शताव्दीको भियतनामी योद्वा वन्ने भन्ने पदावली द्वारा पनि सम्बोधन गर्न सकिन्छ । भियतनाम आम जनताको सशस्त्रीकरण सम्वन्धि एउटा ऐतिहासिक नमूना हो । जहाँ वालक, वृद्व, महिला, पूरुष सवै तह र तप्काका जनसमुदायहरु कम्युनिष्ट पार्टीको वरिपरी बलियो सङ्ग एकतावद्व थिए । न्यूनतम तालीम र प्रविधिबाट लैस थिए । त्यसको परिणाम नै त अन्ततः अमेरीकी साम्राज्यवादको सर्वनाक पराजय र भियतनामी जनताको शान्दार विजय भएको थियो ।

आम जनताको सशस्त्रीकरण सम्बन्धि विषयको महत्व यो हो कि संभावित प्रतिक्रान्तिलाई रोक्न जनता स्वयंमवाट ताकतको निर्माण गर्नु । जसरी रुसी–चिनियाँर अन्य देशको लाल सेनाले प्रतिक्रान्तिकारी तत्व र प्रतिक्रान्तिकारी तत्वहरुवाट हुने वल प्रयोगमा सेनाको अभावलाई पुरा गर्न सकेनन् त्यो अबका क्रान्तिको लागि पनि उत्तिकै महत्वको विषय हो । क्रान्तिको प्रक्रियामा दुश्मन माथि हमला गर्न र क्रन्ति पश्चात प्रतिक्रन्तिकारी धोकेवाजहरुलाई तह लगाउन आधारभूत तालीम र प्रविधिले जनतालाई सुसज्जित गर्नु अति महत्वको कुरा हो ।

प्रकृतिको राम्रो उपयोग गर्ने कूरा युद्वमा अत्यन्तै महत्वपूर्ण पक्ष हो । घरेलु प्रविधिद्वारा निर्मित कमसल र न्यून प्रविधिकै भरमा पनि भिरालो ठाऊँ, खोच, गल्छेडा, नदी, जंगल, पहाड, चुरे आदीको उपयोग द्वारा इतिहासको नालापानी, सिम्रौनगढ, सिन्ढुलीगढी र वर्तमानको लिस्ने, गाम, दमाचौर, मैनापोखर, हगुल्टे जनताको विजयका ऐतिहासिक निशानहरु हुन् । प्रत्येक गाउहरुमा ट्रेन्च, टनेल, हवाई प्रतिरोधी वङ्करहरुको निर्माण, गाऊ“ वरीपरिका नाकाहरुमा वविट्रयाप, जर्जन सहित २४ घण्टे सेन्ट्रि आधारईलाकाका जनताहरुको निम्ति जसरी जीवन पद्धति भैरहेको छ त्यसलाई देश व्यापी वनाउन आवश्यक छ । तव मात्र नेपाली जनताले शाही अमेरिकी सेना र साम्राज्यवादी प्रविधिलाई धुलोमा मिलाई दिने छन् र सुन्दर नेपालको निर्माण गर्नेछन् ।

१ सोह्र अक्षेरे सुत्र–

जब शत्रु अघिवद्छ हामी पछि हट्छौ, जव शत्रु वास वस्छ, हामी उसलाई हैरान पार्छौ, जव शत्रु थाक्छ हामी हमला गर्छौ, जव शत्रु पछि हट्छ हामी उसलाई लखेट्छौँ ।

२ दश सिद्धान्तहरु–

१. वैरीको छरपष्ट भएका, एक्लिएका सेनाहरु मथि पहिले प्रहार गर, केन्द्रित र शक्तिशाली सेनामाथि पछि प्रहार गर ।

२. साना र मझौला शहरहरु तथा व्यापक गाउले इलाकाहरु पहिले कव्जा गर, ठूला शहरहरु पछि कव्जा गर ।

३. वैरीको प्रभावकारी शक्तिलाई तहस नहस पार्ने कामलाई आफ्नो मूख्य उद्देश्य वनाऊ । कूनै शहर वा ठाउँलाई आफ्नो नियन्त्रणमा राखिछाड्ने वा कव्जा गर्ने कूरालाई आफ्नो मूख्य उद्देश्य नवनाउ ।

४.हरेक लडाईमा आफ्ना एकदमै श्रेष्ठ सैन्य शक्तिहरु केन्द्रित गर, वैरीका सेनालाई पूरै घेरामा पार, ती मध्ये एक जनालाई समेत पनि घेरावन्दिवाट फूत्किन नदिई पूरै तहस नहस पार्ने कोसिस गर । विशेष परिस्थितिहरुमा वैरीमाथि घातक प्रहार गर्ने तरीका अपनाउ । फाईदा भन्दा नोक्सान वढि हुने वा फाईदा नोक्सान दुवै वरावर हुने खालका लोसेचालले घिसारिने र थाक्ने लडाईहरुवाट भरिसक्के जोगिन पर्छ ।

५. विना तयारी नलड, जित्ने कुरामा पूर्ण विश्वास नभई कूनै पनि लडाई नलड । हरेक लडाईको पूरापूर तयारी गर्न हर प्रयास गर ।

६. लडाईमा साहस देखाउने, वलिदान देखि नडराउने, थकाई देखि नडराउने र लगातार लड्दैजाने जस्तो हाम्रो उत्तम युद्ध शैलीको पूर्ण विकास गर ।

७. वैरीलाई चलायमान युद्धद्वारा तहस नहस पार्न भरिसक्के कोसिस गर, साथ–साथै वैरीका मोर्चावन्दि किल्लाहरुमाथि आक्रमण गर्ने कार्यनीतिमा ध्यानदेऊ । वैरीका मोर्चावन्दी किल्लाहरु र शहरहरु कव्जा गर ।

८. शहरहरुमाथि हमला गर्ने कुराको हकमा, वैरीका प्रतिरक्षा व्यवस्था कमजोर भएका सवै मोर्चावन्दी ठाउँहरु र शहरहरुमाथि दृढतासाथ हमला गर र तिनलाई कव्जा गर ।

९. वैरीका हातवाट खोसेका सारा हतियारहरु र पक्राउ गरिएका अधिकांस सिपाहीहरुवाट आफ्नो शक्तिको क्षतिपूर्ति गर, हाम्रो सेनाको जनशक्ति र युद्ध सामाग्रिहरुको मूल स्रोत नै त्यहि हो ।

१०. दुई सैन्य अभियान वीचको समयलाई आफ्नो सेनाको विश्राम, सुदृढिकरण र तालिमको लागी राम्ररी उपयोग गर । विश्राम, सुदृढीकरण र तालीमको समय सामान्यतया त्यति लामो हुनु हुँदैन र वैरीलाई सकभर चैनको सास फेर्ने मौका सम्म दिनु हुँदैन

यो लेख जनमुक्ति सेना दिवसको बेलामा उनले लेखेका हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार