नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले आत्मसमर्पण गर्न वार्ता आएको नभएको बताउनु भएको छ । नेता भुसालले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । नेता भुसालले दलाल पुँजीवादी संस्कृति अन्त्यको लागी दलाल राज्यसत्ता अन्त्य हुने पर्ने बताउनु भएको छ । बुटवलमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिद्धारा बुटवलमा भएको २३ औं सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा नेता भुसालले उक्त कुरा बताउनु भएको हो ।