logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गोलि चले पछि नेकपा द्धारा २५ गते बन्द


  • राजनीति
  • शनिबार, असार २३ २०७५

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णालीले सुरु गरेको एकीकृत जनजागरण अभियानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । अभियानको क्रममा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी थियो ।

सामना सांस्कृतिक परिवारको नेतृत्वमा शान्तिपूर्णरुपमा भइरहेको सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी आधा दर्जनलाई गिरफ्तार गरेको थियो भने आधा दर्जनभन्दा बढी घाइते भएका थिए । प्रहरीले उक्त क्रममा हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेकपा कर्णाली ब्युरोले आपत्ति जनाएको छ र उसले सरकारको निरंकुश र फासीवादी चरित्रविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जसअन्तर्गत आज कर्णाली क्षेत्रभर बिरोध प्रदर्शन र भोली असार २४ गते कर्णालीका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने र असार २५ गते सोमबार कर्णाली बन्द गर्ने रहेको छ ।

बन्दीहरुको रिहाइ, शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, सरकारको निरंकुशता र फासीवादी शैलीविरुद्ध र वाक् स्वतन्त्रता तथा राजनीतिक स्वतन्त्रताका लागि संघर्षमा उत्रन बाध्य भएको नेकपा कर्णाली ब्युरोका इन्चार्ज एटम्ले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार