logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

सिन्डिकेट र दादागिरीको अन्त्य गरेर मात्रै निर्वाचन गराउन : पत्रकार विद्यार्थीकाे माग


  • राजनीति
  • शुक्रबार, चैत्र ६ २०७७

अाज पत्रकार बिद्यार्थी संगठनले एक विज्ञप्ति जारी नेपाल पत्रकार महासंघ प्रति अाफ्नाे धारणा सार्वजनिक गरेको छ । उक्त संगठनका मुक्ति गैरे जारी विज्ञप्तिमा सिण्डिगेट र दादागिरीकाे अन्त्य गरेर पत्रकारिता गरिरहेका र पढिरहेका विभिन्न संघ संगठनहरुलाई समेत उनिहरुकाे अास्था र विचारको पनि समानुपातिक सम्बाेधन गर्दै निर्वाचनको बाताबरण बनाउन माग गरेका छन् । साथै उनलेे जारि गरेको विज्ञप्तिमा अाफ्नाे संगठनले उठाएको मागलाई वार्ता,संवाद र छलफलबाट समस्या गर्न चाहेको पनि उल्लेख गरेका छन् । उक्त संगठनले जारी गरेको विज्ञप्तिकाे पुर्ण पाठ …
“प्रेस विज्ञप्ति मिति २०७७/१२/०६
पत्रकारिताको क्षेत्रमा विशुद्ध नौलो न्याय मुक्तिको आवाज र माग उठानसहित हाम्रो संगठन आन्दोलनमा रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । हामी यस अभियानमा रहेका बेलामा नेपाल पत्रकार महासंघले चैत्र ४ गते निर्वाचन कार्यतालिका चैत्र ७ गते सार्वजनिक गर्ने निर्णयसहित चैत्र २५ गते सम्पन्न गर्ने मिति सार्वजनिक गरेकोप्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघ सम्पूर्ण आस्था, विचार, बर्गसमुदायहरुको पक्षमा कलम चलाउने, आवाज सम्प्रेषण गरिरहेका, पत्रकारिता गरिरहेका, पत्रकारिता पढिरहेका, पत्रकारिता गर्न चाहने, आम पत्रकारहरुको पक्षमा उभिने, वकालत गर्ने साझा संगठनको रुपमा बुझिन्छ । तसर्थ हाम्रो दृष्टिकोणसहित निर्वाचनमा सम्पूर्ण वर्ग समुदायको आस्था, विचारको पक्षमा कलम चलाउने, पत्रकारिता गर्ने, गर्न चाहने, पत्रकारिता पढिरहेका विद्यार्थीहरु र यसका पक्षमा संघर्ष र संघ, संगठनहरुलाई सहभागितामूलक समानुपातिक प्रतिनिधित्व गराउने र सम्वोधन गर्ने निर्वाचन पद्धतिको समेत मागसहित हाम्रो धारणा सार्वजनिक गर्न चाहन्छौं ।

१. नेपाल पत्रकार महासंघ, साझा संगठन भनेर बुझिएता पनि यसको सदस्यता प्राप्तीको मापदण्ड विधान जारी भएता पनि पछिल्लो समय यस मापदण्डलाई कुल्चदै केही जिल्ला र प्रतिष्ठानहरुमा सिन्डीकेट र दादागिरी लागु गरी दशौं वर्ष पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता हुनबाट बञ्चित गरिएको छ । यस सिन्डिकेट र दादागिरीको अन्त्य गरी स्पष्ट छानविनसहित उचित सम्वोधनका लागि महासंघको ध्यानाकर्षण गराउन चाहन्छौं ।
२. पत्रकार महासंघ सम्पूर्ण श्रमजीवि पत्रकारिता गरिरहेका, गर्न चाहने र यस विषयमा पढिरहेका आफ्नो वर्ग, समुदायको पक्षमा वकालत गरिरहेका संघ, संगठनहरुलाई निषेध गरेर होइन विचार, दृष्टिकोण, आस्थालाई समानुपातिक ढंगबाट सम्मानजनक प्रतिनिधित्व हुने थलोको रुपमा विकास गर्न जोडदार माग गर्दछौं ।
३. तसर्थ माथि उल्लेखित हाम्रो ध्यानाकर्षण र मागहरुका सम्वन्धमा सहकार्यसहितको समानुपातिक प्रतिनिधित्वका लागि यस सम्वद्ध सबैसंग बार्ता, सम्वाद र छलफल गरी समस्या समाधानका लागि हाम्रो संगठन अगाडि बढ्न चाहन्छ र आह्वान पनि गर्दछौं ।

…………………………
मुक्ति गैरे
अध्यक्ष”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार