logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन नेपाल धौलागिरी संगठन निर्माणमा छलाङ मार्दै 


  • मुक्ति गैरे,काठमाडौं
  • शुक्रबार, चैत्र ६ २०७७

मुक्ति गैरे,काठमाडौं , युवा संगठन धौलागिरीलेे म्यादी जिल्लाको रघुगंगा गाँउपालीका स्तरिय युवा कमिटी निर्माण गरेको छ ।
नाैैैैराजरार बिश्वकर्माको नेतित्व 15 सदस्यीय कमिटी गठन गरेको छ । उक्त कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य एवंम धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमारले युवाहरूलाई प्रशिक्षित पार्दै भन्नू भयो “कथित दलाल संसदीय ब्यवस्थाका मतियारहरुले दक्ष युवा जनशक्तिलाई बिदेशका गल्लि गल्तीमा बस्तुको भाउमा बिक्री बितरण गरेर आफ्नो सत्ता ,शक्ति र कुर्सी टिकाइ रहेको र युवाहरुलाई आफ्नो निजी दास र कमाराको रुपमा प्रयोग गरिरहेको ठोकुवा गर्नु भयो । यो समग्र जन्जिरबाट पुर्णरुपमा मुक्त र युवा अधिकार प्राप्तिको लागि देश तथा बिदेश मा छरिएर बस्नु भएका सबै देशभक्त, क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्द भई दलाल संसदीय ब्यवस्थाको पूर्णरूपमा अन्त्य र बैज्ञानिक समाजबादको बिकल्प नरहेको दाबी गर्नु भएको छ । अतिथीको रुपमा सो जिल्लाका ईन्चार्ज दिपाले भन्नू भयो राष्ट्र परिवर्तनको आन्दोलनमा युवाहरुले ठूलो मूल्य चुकाएको तर बास्तबिक परिणाम नआएको र एक चोटि युवाहरुले देश र जनताको निम्ति आट्नु पर्ने बताउनु भयो ।
यसै गरि धौलागिरी अन्तर्गत विभिन्न जिल्लाहरुमा एकीकृत युवा अभियानको रुपमा निरन्तर युवा संगठन अघि बढिरहेको सोही संगठनका प्रचार प्रसार बिभागका एक जना सदस्यले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार