logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बामदेव,बादल र माधव समुहका सांसद बालुवाटार बैठकमा


  • राजनीति
  • शनिबार, चैत्र ७ २०७७

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्व माओवादी नेता उनी सहभागी भएका हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् ।

यस्तै एमाले एकता अभियानकाे नेतृत्व गरेका उपाध्यक्ष बामदेव गाैतमपनि बैठकमा पुगेका छन् । लामाेसमय देखि दुवै समुहकाे बैठकमा सहभागी नभएका गाैतम आज भने बालुवाटार सहभागी भएका छन् ।

यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार