logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी),लमही नगरको प्रथम भेला सम्पन्न


  • हेमन्त प्रकाश अाेलि,दाङ
  • आइतबार, चैत्र ८ २०७७

हेमन्त प्रकाश वलि चैत्र-०८,दाङ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) लमही नगरको प्रथम भेला आज दाङको लमहीमा सम्पन्न भएको छ।
प्रथम भेलालाइ सम्बोधन गर्दै लमही नगर सेक्रेटरी क.उज्ज्वलले किसानहरुले आफ्नो हकहित अधिकारका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आग्रह गर्नुभयो।उहाले बैज्ञानिक समाजबादी सत्ताले मात्रै क्रान्तिकारी भुमिसुधार कार्यक्रम लागु गरि भुमिहिन किसान सुकुम्बासी समस्या हल हुने जिकिर गर्नुभयो।उहाले दलाल, बिचौलियाहरुका विरुद्धमा निर्मम संघर्ष गर्न महासंघलाइ अपिल समेत गर्नुभयो।
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) लमही नगर संयोजक अंकाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राजपुर इन्चार्ज क.केपि,दलित मुक्ती मोर्चाका नेता द्वोय क.सन्देश र क.भक्त,युबा संगठन नेपाल लमही नगर अध्यक्ष क.सन्तु ,अखिल नेपाल महिला संघ क्रान्तिकारी लमही नगर अध्यक्ष सरिता गिरी लगाएतको सहभागीता थियो।भेलाले अंकाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ।मिना रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार