राजनीति
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । महासचिव चन्दसहित सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमति बमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकोमा ध्यानाकर्षण गराएको हो ।
प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् ।
भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।