logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डको स्थायी समिति बस्दै : ओलीलाई समर्थन फिर्ता लिदै !


  • राजनीति
  • मंगलबार, चैत्र १० २०७७

सर्वोच्च अदालतले बियोग बनाइदिएर बनेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । कतिपयले आजको बैठकबाट ओली सरकारलाई दिएको समर्थन बारे मुर्त धारणा बनाउन सक्ने अनुमान गरेकाछन ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा ​बिहान ८ बजेका लागि बैठक राखिएको खबर आएको जानकारी दिइन् । उनले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइन् ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय लिन सकिरहेको छैन । त्यस्तै, अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।

गत फागुन २३ को सर्वोच्चको फैसलाअनुसार नेकपाको पार्टी एकता बदर भएर पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।

यसअघि फागुन १ र २ मा पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई अधिकार दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार