logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

आधारभुत पत्रकारिता तालिमको उद्घाटन सत्र सम्पन्न


  • हेमन्त प्रकाश अाेलि
  • बुधबार, चैत्र ११ २०७७

हेमन्त प्रकाश चैत्र-११,कैलाली
रातो खबर प्रकाशन गृह प्रा.लि.र जनपत्रकार संगठन नेपालको संयुक्त आयोजनामा आधारभुत पत्रकारिता तालिमको उद्घाटन सत्र कैलालीको सुखडमा सम्पन्न भएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुल नारासहित सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समितिका सचिबालय सदस्य धर्मेन्द्र बास्तोला(कंचन)ले गर्नुभएको थियो। उद्घाटन सत्रको कार्यक्रमलाइ सम्बोधन गर्दै कंचनले मुठ्ठीभर धनाढ्य,अराजकताबादी निरंकुशताबादी शासनका विरुद्ध जनपत्रकारिता आवस्यक रहेको जिकिर गर्नुभयो।उहाले दलाल पुजिबादी संसदीय ब्यबस्थामा भ्रष्ट,तस्कर र माफियाहरु नै चर्चित हुने र तिनै खलनायकहरुका षड्यन्त्रका पर्खालहरु भत्काउने पत्रकारिता नै आजको आवस्यक्ता भएको उद्घोस गर्नुभयो।बार्ताको प्रसंग जोड्दै उहाले जनमत संग्रह मार्फत व्यबस्था छान्ने अधिकार जनतालाइ दिने कुरा प्रजातन्त्रको सबैभन्दा उच्च रुप भएको उल्लेख गर्नुभयो।
यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुन(निर्माण)ले लोकतान्त्रिक व्यबस्थामा पनि अदालतको पर्खालभित्र पत्रकारहरु वन्देज रहनुले पुजिबादी बिश्वमा मौलिक हक,वाक स्वतन्त्रता देखाउने दात मात्र हुने पुष्ठि भएको बताउनुभयो।उहाले पत्रकारिता स्वाधिन,स्वबिबेकी र स्वाभिमानी हुनुपर्ने कुरामा जोड दिनुभयो।कार्यक्रममा नेकपा सेती-महाकाली ब्युरो इन्चार्ज डबल बहादुर शाह,राष्ट्रिय जागरण मन्चका गुणराज लोहनी,राष्ट्रिय समाजबादी मन्चका देबिदत्त पाण्डे,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष चादनी आचार्य,सुनौलो एफ.एम.का खगेन्द्र जैसी,कैलालि एफ.एम.का बिरेन्द्र शाह,अखिल नेपाल शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष धन ब.बमको अतिथ्यता रहेको थियो।कार्यक्रममा सेती-महाकाली,राप्ती,लुम्बिनी र भेरी-कर्णाली ब्युरोका पत्रकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो।रातो खबर प्रकाशन गृह प्रा.लि.पश्चिम संस्करण प्रमुख बिनोद बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इ-रातो खबर सम्पादक अम्बिका चन्दले गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार