राजनीति
विद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लले लडाइँ नभएको बेलामा हतियारको कुरा गर्नु राजनीतिक बिषय नभएको बताएकाछन । यो केवल जनताको न्याय प्रतिको बिषयलाइ बङ्याउने नियत मात्र भएको प्रष्ट पारेकाछन ।
महासचिव विप्लवले अहिले मुलुकको समस्याको कारण कुनै पात्र अर्थात ब्यक्तिको कारण नभएर ब्यवस्थाको उपज भएको बलशाली तर्क गरेकाछन । उनले भने बिभिन्न समयमा गरी ४० वर्षे देखी अभ्यास गर्दै आएको यो दलाल पुजीवादी ब्यवस्थाको पुरानो मेसिन रहेसम्म यस्तै चलिरहने भएकोले त्यो मेसिनरी नै फालिदिनु पर्ने धारणा राखेकाछन ।
एक अर्को प्रसगमा कुरा गर्दै महासचिव विप्लवले मान्छे नमर्दा सम्म रुपान्तरणको संभावना हुने भएकोले अरुहरु सग सहकार्य र एकता हुनसक्ने तर्फ पनि संकेत गरेकाछन । उनले भने सबैले कमिकम्जोरीलाइ महसुस गरेर जनता प्रती जिम्मेवार बन्नेहो भने मिल्न सकिन्छ ।
महासचिव विप्लवले भने आफुलाइ निजि स्वार्थमा डुबेको कम्युनिस्टलाइ मन नपर्ने बताउदै । सबैले भरोसा गर्न लायक कम्युनिस्ट पार्टी बनाएरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गरेकाछन । उनले थपे जनता प्रती अनुत्तरदायी भएर कसैसग सहकार्य एकता संभावना नरहने प्रष्ट पारेकाछन । उक्त कुरा राजधानीको एक टेलीभिजनलाइ दिएको अंतर्वार्तामा बताएकाहुन ।
अरुले बाटो बिराउँदै : ‘विप्लव’ बलशाली बन्दै

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आम जनताको जनताको चासो र आकर्षण बढेको छ । पछिल्लो समय सरकारसँग ३ बुद्दे सहमति गरेको नेकपाका महासचिव यतिबेला निकै ब्यस्तछन । विप्लव आफ्ना पार्टी निकट संगठन भेला बैठकमा सहभागी हुने देखी सहिद परिवार, वेपत्ता परिवार, घा’इते र आम शुबेच्छुकलाइ सकेसम्म भेटिरहेकाछन । यसरी मुल नेतृत्व नै सबैतिर पुगेर भेट्ने, छलफल गर्ने र प्रशिक्षित गर्ने बिषयले नेकपाको आन्तरिक जिवनमा नया रक्त संचार पैदा गरेको देखिन्छ ।
महासचिव विप्लवले सरकार सग ३ बुद्दे सहमति गर्नु अगावै तीनवटा कम्युनिस्ट घटकसँग कार्यगत एकता गरेका थिए । ती कम्युनिस्ट घटक मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुतीको नेतृत्वमा छ्न । विप्लवले वैज्ञानिक समाजवादी व्यवस्थाको एजेन्डालाई अगाडि सारेर अन्य कम्युनिस्ट घटकसँग कार्यगत एकता र सहकार्य गर्न थालेका हुन ।
महासचिव विप्लवले २९ फागुनमा कर्णजीत बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्रसँग सहकार्यको तीन बुँदे सम्झौता गरेका छन् । सम्झौता अनुसार वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ सत्ताकाविरुद्ध संयुक्त सहकार्यको प्रस्ताव रहेको छ ।
ग्रामीण जनताको बस्तीबाट काठमाडौमा सार्वजनिक भएलगत्तै विप्लवले वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको प्रस्ताव अगाडि सारेका छन् । उनले अब जनताले व्यक्तिका लागि नभई व्यवस्थाको लागि मतदान गर्न पाउनुपर्नेमा जोड दिए । विप्लवले नेपाली सेना र इमानदार प्रहरीको खुलेर प्रशंशा गरेकाछन । विप्लवले आफूहरुको संघर्ष सेना र प्रहरीसग नभएर व्यवस्थाविरुद्धको संघर्ष भएको बताउदै आएकाछन ।
नेकपा र त्यसको नेतृत्व विप्लव अहिले मुलुकको राजनीतिक बृतमा शक्तिशाली विकल्पको रुपमा उभिएको छ । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओली विप्लवको साथ लिएर बढ्न जोडबल गरिरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरु पनि विप्लवसँग कार्यगत एकता गरेर बढ्न खोजिरहेका छन् । यधपी यो बारेमा हालसम्म महासचिव विप्लवले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
संसदमा रहेका अन्य दलहरु आ आफ्नै आन्तरिक द्वन्दमा फसिरहेको बेला विप्लव नेतृत्वको नेकपाको जनता माझमा जबर्जस्त बनेको मनोबिज्ञानले नेकपालाइ निकै फलदायी हुने बिश्लेषकहरुको भनाइ रहेको छ । यद्यपि यसका लागि नेकपाले आफ्नो पार्टी पंक्ति र जवस मोर्चाहरुमा बिगतमा देखीएका अपुगतालाइ सच्याउनु अनिवार्य हुनेछ ।