राजनीति
विधार्थी पत्रकार संगठन नेपालले आसन्न महासघको चुनावमा जनपत्रकार संगठनलाई साथ, सहकार्य र समर्थन गर्ने भएको छ । उक्त संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले विज्ञप्ति मार्फत जनपत्रकार संगठनलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका छ्न ।
गैरे द्दारा जारी विज्ञप्तिमा भनिएको छ आज २०७७/१२/१२ गते सम्पन्न हाम्रो केन्द्रीय समितिकाे बैठककाे निर्णय अनुसार हाम्रो संगठनकाे निति तथा कार्यक्रमहरु जनपत्रकार संगठन,नेपाल संग समिप्यता भएकोले नेपाल पत्रकार महासंघकाे निर्वाचनमा उक्त संगठन संग सहकार्य र समर्थन गरेर जाने निर्णय गरेकाे उल्लेख गरेका छन् ।
गैरेले सम्पूर्ण संगठनका युनिट सदस्यहरु साथ समर्थन तथा प्रचारप्रसारमा जुट्न बिशेष निर्देशन दिएका छन ।