राजनीति
पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको वि’भ’त्स ह’त्या भएको घ’ट’ना’मा अदालतले दो’षी ठ’ह’र्या’एका जनता समाजवादी पार्टीका नि’ल’म्बि’त सांसद रेशम चौधरीको मु’द्दा फि’र्ताको प्रक्रिया अगाडि बढाइने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल आज माइतीघर मण्डलामा रेशम चौधरीको रि’हा’ईको माग गर्दै जारी ध’र्ना’मा पुगेर त्यस्तो सं’के’त गरिसकेका छन् ।
बादलले मागप्रति सरकार स’का’रा’त्म’क भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् । सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ ।
चौधरीको मु’द्दा फि’र्ता लिएर रि’हा’ई गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि स’का’रा’त्म’क भएका छन् । उनले जसपा नेतृत्वसँग पटक पटक यस विषयमा संवाद गरी प्रतिवद्धता जनाइसकेका छन् ।
रेशम चौधरीको मु’द्दा फि’र्ता गरेर रिहाई गरी मन्त्री बनाउनेसम्मको तयारी भएको बुझिएको छ । जसपाबाट सरकारलाई समर्थन प्राप्त भएमा १० भन्दा बढी मन्त्री बनाउन ओली तयार भएको विश्वस्त स्रोतले बताएको छ । त्यसका लागि पनि रेशम चौधरीको रिहाईबारे सरकारका सकारात्मक भएको छ । रि’हा’ई मात्र नभई उनलाई नै मन्त्री बनाउनेमा समेत तयारी भइसकेको बुझिएको छ ।
७ भाद्र २०७२ मा टीकापुरमा थारुवान प्रदेशको माग गर्दै भएको आ’न्दो’ल’नका क्रममा आ’न्दो’लन’कारीले ७ जना सु’रक्षाक’र्मीको वि’भ’त्स ह’त्या गरेका थिए । एकजना दुधे बालक समेत मा’रिए’का थिए । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेसहितको टोलीले आन्दोलनकारीलाई टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोज्दा रोकेको थियो । सोही क्रममा झ’ड’प हुँदा प्रहरीमाथि हिं’सा’त्म’क आ’क्र’म’ण भएको थियो ।
घ’ट’ना’पछि रेशम चौधरी, लक्ष्मण थारुलगायतमाथि ह’त्या’को अभियोगमा मु’द्दा द’र्ता भएको थियो । रेशम चौधरी भारतमा लु’के’र चुनाव लडेका थिए । उनले गएको प्रतिनिधि सभा चुनावमा भारी मतले विजय हासिल गरेका थिए । तर, ह’त्या अ’भि’यो’ग लागेकाले उनी नि’ल’म्बि’त भएका थिए ।
जिल्ला अदालत कैलालीले २२ फागुनमा रेशम चौधरीसहित ११ जनालाई टीकापुर ह’त्या’का’ण्ड’मा दो’षी ठ’ह’र गर्दै ज’न्म’कै’दको फै’स’ला सुनाएको थियो ।