logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन बागलुङको प्रथम जिल्ला भेला सम्पन्न,२७ सदस्यीय कार्यसमिति चयन


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, चैत्र १४ २०७७

मुक्ति गैरे,काठमाडौं
युवा संगठन बागलुङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । “राष्ट्रघात, जनघात, भ्रष्टाचार र लागू अौषधका बिरुद्ध संघर्ष गरौ । एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबादको पक्षमा प्रथम जिल्ला भेला भब्य रुपमा सफल पारौ । ।” भन्ने मुल नाराका साथ आयोजित युवा संगठन, बाग्लुङ जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले कमरेड सुन्दरको नेत्रित्वमा २७ सदस्यिय जिल्ला कमिटी चयन गरेको छ । भेलामा प्रमुख अथितीमा नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य एवम् धौलागिरी ब्युरो ईन्चार्ज क.बिप्लब,अथितीहरु युवा संगठन नेपालका केन्द्रीय महासचिव क.सागर, नेपाल कम्युनिष्ट पार्टिका बाग्लुङ जिल्ला ईन्चार्ज क.आकाश,नेपाल कम्युनिष्ट पार्टिका बाग्लुङ जिल्ला सेक्रेटरी क.क्रान्ति,युवा संगठन , नेपालका केन्द्रीय सदस्य तथा धौलागिरी ब्युरो ईन्चार्ज क.बिजयकुमार रहनु भएको थियो भने कार्यक्रमको सन्चालक क.नेत्र शाही तथा कार्यक्रमको सभापति क.सुन्दरले गर्नु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार