अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) कपिलवस्तुले २१ औं जिल्ला सम्मेलन र अाफ्नाे संगठनकाे २२ औं केन्द्रीय राष्ट्रिय सम्मेलनलाई ध्यानमा राख्दै व्यापक प्रचारप्रसारमा जुटेको छ । यसै सन्दर्भमा कपिलवस्तुमा मुख्य क्याम्पस,स्कुल,बजार,हाटबजार,चाेक र शहरहरु अहिले भित्तेलेखन मार्फत व्यापक प्रचारप्रसार जुटेको छ । साथै संगठनले जिल्लाका संगठन सुदृढ तथा विस्तार,ईकाई सम्मेलन,भेला,नगर सम्मेलन,बैठक,छलफल अन्तरक्रिया पनि गरिरहेकाे छ । संगठनकाे उक्त कार्यमा स्वयम् जिल्ला अध्यक्ष विष्णु बहादुर राउत नै प्रत्यक्ष फिल्डकाे नेतृत्व गर्दै दर्जनौं टिम परिचालन गरिएको बुझिएको छ ।