logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकाबिहानै जनताकाे गहुँ काट्न खेतमा पुगे विप्लव !


  • राजनीति
  • सोमबार, चैत्र १६ २०७७

करिव ४ बर्षमाे भुमिगत जिवनबाट गत फागुन २१ गते तीन बुदे सहमतिमा हस्ताक्षर पश्चात् सार्वजनिक भएका नेपाली राजनीतिकमा लाेकप्रिय स्थापित छवि बनाएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द यतिबेला पार्टीका आन्तरिक काममा ब्यस्त छन् ।

विप्लव सार्वजनिक पश्यात दुई पटक काठमाडौं आए उनले काठमाडौं प्रधानमन्त्री केपी ओली गृहमन्त्री रामबहादुर थापा खानेपानी मन्त्री मणि थापा र संयुक्त रणनीतिक माेर्चाका नेताहरुसंग राजनीतिक भेटघाट, आस्थाका बन्दीसंग भेट गरे ।

पछिल्लो पटक काठमाडौं आए पश्चात् उहीँ अहिले पश्चिम नेपालतिर फर्किएका छन् । प्रधानमन्त्री भेट्न काठमाडौं आउनु अघि आफ्नो पार्टी निकट महिला संगठनकाे राष्ट्रिय सम्मेलनमा सहभागी भए, पार्टी नेता तथा कार्यकर्ता संग राजनीतिक भेटघाट छलफलमा निकै ब्यस्त विप्लव जनताकाे घरमा बस्छन् जनतासंगै खान्छन् र जनतासंगै रहन्छन् ।

महासचिव विप्लव सहिद परिवार बेपत्ता याैद्धा परिवारसंगपनि भेटघाटमा ब्यस्त देखिन्छन् भने उनकाे श्रमप्रतिकाे लगाभ र रुचि निकै छ ।

आज बिहानै महासचिव विप्लव आफ्नाे सचिवालय सहित जनश्रममा भएको फाेटाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । महासचिव विप्लव जनताकाे गहु काट्न खेतमा निजि सचिवालय सहित पुगेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार