logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सिकेलाई समात्ने तयारी !


  • राजनीति
  • सोमबार, चैत्र १६ २०७७

जिल्ला अदालत नवलपरासीले सीके राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउको तयारी भएको छ । जनमत पार्टीका राउतमाथि राज्यविरुद्ध संगठित अपराधमा पक्राउ पूर्जी जारी भएपछि पक्राउको तयारी भएको हो ।

राउतलाई अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुने सूचना जारी गरिएको हो । अब उनी अदालतमा उपस्थित भएलगत्तै पक्राउ पर्नेछन् । त्यसको तयारी समेत भएको छ ।

पृथकतावादी गतिविधिमा लागेका राउतले २४ चैत्र २०७५ मा सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको थिए । तर, उनीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो । मुद्दामा तामेली हुन नसकेपछि जिल्ला अदालतले उपस्थित हुन सूचना जारी गरेको हो ।

पछिल्लो समय राजनीतिक घटनाक्रम तरल अवस्थामा रहँदा राउतविरुद्ध पक्राउ पूर्जा जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार