तत्कालीन नेपाली माअाेवादि महान जनयुद्धको क्रममा सर्वहारावर्गको विचारले लैस याेद्दाहरु उच्च विचार र साहसको परिणामले ऐतिहासिक गाेरखा जेलब्रेक भएको थियो । अाज पाेखरामा त्यहीँ दिनको स्मरण गरेर ऐतिहासिक दिवसको रुपमा मनाउँन लागिएकाे छ । अचम्म तँ केछ भने तत्कालीन माअाेवादि जनयुद्धका सिपाही भएको र सहयोग गरेको नाममा तत्कालीन सामन्तवादि राज्य सत्ताको सेवक शाही नेपाली सेनाले गिर्फतार गरेर उमा भुजेल “शिलु” लगायतका महिला कमरेडहरुलाई कारागार बसाएकाे थियो । उक्त बसाइँका क्रममा उहाँको नेतृत्वमा महिला बन्दी कमरेडहरुले मात्रै जेलभित्रबाटै सुरुङ्ग युद्धको थालनी गर्नु भयो । अनन्त ६ जना महिला कमरेडहरुकाे साथमा २०५७ चैत १७ गते रातको १ बजे ऐतिहासिक रुपमा दुश्मनको कालकोठरी गोरखाको जेलब्रेक गर्न सफल हुनु भयो । जुन घटनाले महिलाहरु पनि केही गर्न सक्छन् र उनिहरुलाई अवसर मिलेमा संसार हल्लाउन सक्छन् भन्ने गतिलो उदाहरण पेश गर्याे,याे ऐतिहासिक जेलब्रेकले विश्व भरि चर्चा बटुल्न सफल रह्यो । जुन घटनाले नेपाली र विश्व वजारमा रहेको पितृसत्तात्मक चिन्तन र पुँजीवादि साेचाईहरुलाई चुनाैति दिन सफल रह्यो । कि महिला माथि अन्याय गरे हाम्रो भन्दा ठूलो तागत महिलामा पनि हुने रहेछ भन्ने गतिलो उदाहरण पुरुषवादि हुकुमीहरुलाई चुनाैति दिन सफल रह्यो । याे घटनाले राजनीतिक सफलता मात्रै नभएर सामाजिक सफलता पनि प्राप्त गरेको छ । जसको प्रेरणाले अन्याय,अत्याचारि र दमनका विरुद्धमा हाम्रा चेतनाहरुलाई माथि उठाउन सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ । अाज यहीँ अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिकाे अायाेजनमा पाेखरामा उक्त दिनकाे गाैरवशालि ईतिहासलाई स्मरण गर्दै पुँजिवादि शाेषणका विरुद्धमा पुनः मुठ्ठी उठाएर उहाँहरु सहित हजारौं महिलाहरुले थप प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ । हामीले निरासालाई अाँसामा,संघर्षलाई सिर्जनामा परिणत गर्याैं भने संसार मुक्तिकामिहरुकाे पनि हुनेछ । त्यसैले उक्त जेलब्रेकलाई यहीँ सन्देश भावमा पनि लिन सकिन्छ ।