logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमाले बिभाजन : देशभर समानन्तर कमिटी


  • राजनीति
  • बुधबार, चैत्र १८ २०७७

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ती जारी गर्दै देशभर समानान्तर कमिटी ब्युँताउने घोषणा गरेका छन् । आज बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि निलम्बन गरेका थिए । त्यसको भोलिपल्ट आज नेपाल पक्षधरको बैठक बसेको हो । र, यस्तो निर्णय गरेको हो ।

आजको बैठकले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए । र, आफूहरुले पार्टीलाई पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्ने पनि निश्कर्ष निकालेको रावलले सुनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार