logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पुर्व स्वास्थ्यमन्त्री ढकाललाई कार्वाही गर्ने तयारी


  • राजनीति
  • बुधबार, चैत्र १८ २०७७

कोभिड–१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलालाई पत्रलेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।

समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैंठकले गरेको निर्णयको कार्यान्वयनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ। खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्पणी गर्नुका साथै खरिद प्रक्रियामा घोटाला भएको भन्दै विरोध जनाएका थिए

। समितिको निर्णयमा पनि स्वास्थ्य तथा जनसंख्या मनत्रालयले कोभिड(१९ को रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।

तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दुरुपयोग गरेको अभियोग समितिले लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार