मुक्ति गैरे,काठमाडौं
बाँकेकाे कोहलपुरमा सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले – “सहिद तथा वेपत्ता परिवारको सपना अझै पूरा भएको छैन राज्यले यसलाई अवमुल्यन गरेकाे बताउनुभयो । उहाँले हामी शान्तिकाे पक्षपाती हाैं,वर्तमान जुन परिवर्तन सहित नयाँ परिवर्तनको बाटोमा देश जाँदै छ,यथास्थिति र अग्रमनकाे जुन लडाइँ चल्दैछ याे महान सहिद तथा वेपत्ताहरुकाे त्याग बलिदान सर्मपित भावले अाएकाे हाे । याे सर्मपित भाव विना कसैले परिवर्तनको कुरा गर्छ भने त्यो अवमूल्यन हाे,उहाँहरुका परिवाजन माथि अपमान हाे,सिङ्गो परिवर्तन माथि धाेका हाे । हामीले वर्तमान परिस्थितिमा याे देशलाई ल्याई पुर्याउदा र थप अगाडि बढ्नुपर्दा राष्ट्र स्वाभिमान,अात्मनिर्भर,मुक्त नभएको कारणले यसलाई विगतको त्याग,बलिदानलाई उच्च सम्मान गर्दै त्यसको प्रतिबद्धतामा दृढ भएर अगाडि बढे देशले बल्ल परिवर्तनको काचुलि फेर्ने बताउनुभयो ।” उहाँले भन्नुभयो – “अहिलेकाे व्यवस्थाबाट झन् देशको स्वाभिमान र अात्मनिर्भर गुमेको कारणले देशमा मानवीय अन्यायपूर्ण संकट देखि प्राकृतिक संकट उत्पन्न भई लुटखसाेट मच्चिएको छ,यसलाई वर्तमान पुँजीवादि राज्य सत्ताले तिब्रता दिएको छ । त्यसैले यसको अन्त्य गरेर मात्रै स्थायी शान्ति हुने बताउनु भयो । साथै उहाँले – “यसको विकल्पमा हाम्रो पार्टीले वैज्ञानिक समाजवादी व्यवस्था दिएको बताउनुभयो,यसको विषयमा अाँफुहरुले जनमत संग्रहबाटै,जनताको विचबाटै छिनोफानो गर्न चाहेको बताउनुभयो ।”
जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा समाज, नेपाल केन्द्रिय समितीद्धारा बिहिबार कोहलपुरमा अौपचारिक कार्यक्रमका बिचमा सम्पन्न भएको हो । वेपत्ता योद्धा परिवार समाज, नेपालका अध्यक्ष राम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिबालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धम्रेन्द्र बास्तोला ‘कन्चन’ रहनु भएको थियो ।
त्यस्तै कार्यक्रमका अन्य अथितिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सरकार संगको बार्ता टोलिका सदस्य उदय बहादुर चलाउने ‘दिपक’, केन्द्रीय सदस्य तथ भेरी-कर्णाली ब्युरो इन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य तथा सहिद तथा वेपत्ता परिवार समाज नेपालका फ्याक्सन इन्चार्ज सावित्रा दुरा ‘आस्था’, कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि मिना सिग्देल, राष्ट्रिय मानव अधिकार आयोगका दयाराम पाठक, इन्सेकका भोला महत, सहिद तथा बेपत्ता परिवारहरु, विभिन्न राजनीतिक दल संग आबद्ध ब्यक्तित्वहरु, वुद्धिजिवी, समाजसेवी, पत्रकार र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सन्चालन जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपालका केन्द्रीय अध्यक्ष खुमा सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले देशको आमुल परिवर्तनको खातिर बलिदान गर्ने महान सहिदहरुको मुल्यको राज्यले उच्च सम्मान र बेपत्ताहरुको आवस्था सार्बजनिक गर्नुपर्ने कुरा बताएका छन् ।