जनपत्रकार संगठन नेपालको आयोजनामा आलिताल गाउँपालिका गोदाम बजार डडेल्धुरामा बसेको बैठकले मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन भएको छ । सो बैठकमा सम्बोधन गर्दै नेकपा डडेल्धुरा इन्चार्ज दौलतले पत्रकारिता भनेको महत्वपूर्ण क्षेत्र भएकोले पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिलाई टेवा पुग्नेगरी प्रगतिशील अन्तिम सरकारसम्मको परिस्थिति सिर्जना गर्नमा पत्रकारहरले योगदान गर्नु पर्ने बताउनु भयो । साथै सो बैठकमा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपाल सेती महाकालि ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता मार्फत समाजमा रहेका हरेक विकृत र विसंगतिको विरुद्धमा बोल्नु पर्ने बताउनु भयो । सो बैठकको सञ्चालन/अध्यक्षता मनोज रावतले गरेका थिए भने बैठकको प्रमुख अतिथी नेकपा जिल्ला इन्चार्ज दौलत र अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा थिए ।