logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

मन्त्री पद गए जाओस्, प्रचण्डसग फर्किन्नँ


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०७७

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा खोरेज भएपछि माओवादी केन्द्र परित्याग गरेर एमाले ओली पक्षमा प्रवेश गरेका प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङले कुनै पनि हालतमा आफू माओवादीमा नजाने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफमा उनले आफू पुनः पार्टीमा नफर्किने बताएका हुन् ।

‘सांसद पद गए जाओस्, तर माओवादीमा फर्किन्नँ ’
उनले जवाफ पठाइरहनुको नै औचित्य नभएको समेत बताएका छन् । उनले अर्को दलमा गइसकेका कारण विधानअनुसार पत्रको जवाफ दिने, नदिने कुराको कुनै औचित्व नराख्ने बताए । उनले भने, ‘सांसद पद गए जाओस्, तर माओवादीमा फर्किन्नँ ।’

दलको विधानविपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताएका हुन् ।

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठकअघि नै पदमुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

नेकपा खोरजसँगै अलग अलग पार्टी ब्युतिएपछि केन्द्रीय सरकारका माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, रोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाहले एमालेमै रहने घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार