logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

रुपन्देहीमा जनपत्रकार संगठनकाे प्रतिनिधि सहित चुनावी गठबन्धन तयार


  • मुक्ति गैरे,काठमाडौं
  • शुक्रबार, चैत्र २० २०७७

नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । शुक्रबार चार वटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील,समावेशी र राष्ट्रियताप्रति प्रतिवद्ध व्यवसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी अघि बढ्ने सहमति भएको चार संगठनद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी,प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टिआर शर्मा,जनपत्रकार संगठनका सदस्य खोमा तरामु र संघीय पत्रकार परिषदका लुम्बिनी प्रदेश संयोजक सनु थापाले हस्ताक्षर गरेका छन् । चार संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने ती संगठनहरुले प्रतिबद्धता समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार