पाल्पा २१ चैत्र ०७७
पाल्पाको तानसेनमा सम्पन्न दलित मोर्चा,नेपाल पाल्पाको सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सामाजिक दलाल पुँजिवादिकाे अाधुनिक दासताका विरुद्धमा सशक्त दलित अान्दोलन !,वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिकाे लागि ७ अाैं जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ उद्घाटन शुरु भएको थियोे ।
सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पूर्ण सिंहले दलित समुदायको मुक्तिका निम्ति आफ्नो पार्टीले अघि बढाइरहेको एकीकृत जनक्रान्तिलाई साथ दिन आव्हान गर्दै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति सबै एकजुट भएर दलाल राज्य व्यवस्था विरुद्ध संघर्षमा उत्रिनुपर्ने बताउनु भयो ।
उक्त सम्मेलनकाे बन्द शत्रले लाल बहादुर ठडाराइको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ उक्त सम्मेलनले टोपबहादुर बिकको संयोजकत्वमा सल्लाहकार समिति समेत निर्माण गरेको छ ।
कार्यक्रममा नवलपरासी जिल्ला इन्चार्ज धिरज राना,मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी संयोजक जीत बहादुर रसाइली, जिल्ला जनपरिषद् पाल्पाका प्रमुख मीन आले,दलित मुक्ति माेर्चा,गुल्मीका अध्यक्ष बसन्त गैरे,विश्वकर्मा समाज मोर्चाका बुटवलका अध्यक्ष हुम ब बिक लगायतले उत्पीडित जाति र वर्गको मुक्तिका निम्ति सबै एक भएर क्रान्तिमा लाग्नुपर्ने बताए । कार्यक्रम मोर्चाका पाल्पा जिल्ला सचिव सुदिप बिकको संचालन,कोषाध्यक्ष विद्या बिकको स्वागत मन्तव्य र निवर्तमान जिल्ला अध्यक्ष निशान बि कको अध्यक्षतामा सम्पन्न भएकाे थियो ।