मुक्ति गैरे,काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनसभाको आयोजना गरेको छ । जिल्लाको थलहमा जनसभा आयोजना गरेको नेकपा जाजरकोटले जनाएको छ । कार्यक्रम २०७७ चैत २५ गते जनसभा हुने भएको छ ।
पार्टीले तीन बुँदे सहमति गरे संगै अहिले नेपाल कम्युनिस्ट पार्टीले जनसम्बन्ध विस्तार तथा सुदृढ अभियान मार्फत वैज्ञानिक समाजवादी व्यवस्थाकाे पक्षमा एकीकृत जनक्रान्तिकाे अभियान अन्तर्गत जनसभा, अभियान, प्रचारप्रसार,स्कुलिङ्ग,भेला,सम्मेलन र संगठन बिस्तारलाई तिब्रता दिईरहेकाे छ । यसै सन्दर्भमा जाजरकोट जिल्लामा उक्त कार्यलाई अगाडि बढाउने काम भएको छ । यहीँ कार्यक्रम अन्तर्गत अहिले थलहमा बिशाल जनसभा गर्न लागिएकाे नेपाल कम्युनिस्ट पार्टी,जिल्ला समिति जाजरकोटले जनाएको छ ।
उक्त जनसभालाई सम्बाेधन गर्न नेकपा युवा नेता तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)का पुर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंह ‘प्रबिन’ले सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै उक्त कार्यक्रममा अर्का वक्ता जाजरकोट जिल्ला ईन्चार्ज संगम रावतले पनि सम्बाेधन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रममा आम जनसमुदायको उपस्थितिका लागि पनि अपिल समेत गरिएको छ ।