हेमन्त प्रकाश वलि चैत्र-२१,दाङ।
अखिल (क्रान्तिकारी) पद्मोदय पब्लिक नमुना मा बि मुल इकाई समिति भरतपुर दाङको प्रथम सम्मेलन सम्पन्न भएको छ।
” समान ,निशुल्क,सर्बसुलभ,व्यावहारिक,बैज्ञानिक शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं !शिक्षा क्षेत्रमा देखिएको बिकृती,विसंगति,दलालिकरण,भ्रष्टीकरण,व्यापारीकरणको अन्त्य गर्न अघि बढौ” भन्ने मुल नारा सहित सम्मेलन सम्पन्न भएको हो ।
अखिल (क्रान्तिकारी) पद्मोदय नमुना मा बि का पुर्व संयोजक सशांक सुबेदीको अध्यक्षतामा भएको सम्मेलन को प्रमुख आतिथ्यता अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिल के सी ले गरेका थिए ।
कार्यक्रममा अखिल क्रान्तिकारी दाङ जिल्ला सचीव खुमन पौडेल,सहसचिव सरद खत्री,अखिल क्रान्तिकारी दाङ जिल्ला सदस्यहरू दिपक के सी,भरत परियार,चुडामणि दाहाल ,हिमाल के सी,अखिल क्रान्तिकारी रझेना मा बि इकाई समिती संयोजक नवीन पौडेलको आतिथ्यता रहेको थियो।
प्रथम सम्मेलनलाइ सम्बोधन गर्दै प्रमुख अतिथी केसिले शिक्षा क्षेत्रमा देखिएका बिकृती,विसंगति,विभेद,ब्यापारीकरण,दलालिकरण लाई निर्मुल गर्न सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए।उहाले संबिधानमा माध्यमिक शिक्षा निशुल्क र अनिवार्य भनेर लेखिएको भएपनि आज सम्म कार्यान्वयन हुन नसक्नु दु:खद भएको बताए । सामुदायिक विद्यालयमा अहिले पनि निजि विद्यालय सरह मनोमानी शुल्क ल्याएर श्रमजीवी जनताका छोराछोरी लाई हैरानी बनाइरहेको भन्दै यस्ता अबैध रुपमा शुल्क ल्याउने शैक्षिक संस्था विरुद्ध निर्मम भएर जानू पर्ने बेला आएको बताए । साथै के सीले विद्यालय भित्र देखिएका सबै समस्या हरुलाई उजागर गर्दै विद्यालय प्रशासन समक्ष आफ्ना जायद माग हरु निरन्तर राखिरहन अनुरोध गर्नुभयो । विद्यार्थी समाजको सचेत बर्ग भएकाले अध्ययन संगसंगै राजनीतिक ,सामाजिक,सांस्कृतिक कुरा हरु पनि अध्ययन गर्न सुझाव दिदै यो संसदीय व्यवस्था बाट विद्यार्थी हरुका मुद्दा,एजेन्डा ,अधिकार प्राप्त गर्न सम्भब नभएकोले अब एक पटक सबै विद्यार्थीहरु यो पुजीवादी संसदीय व्यवस्था खारेज गरेर जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने महान यात्रामा लामबद्द हुनुपर्ने बेला आएको बताए । के सी ले नवनिर्वाचित कमिटीलाई बधाई शुभकामना दिदै संगठनको मुल्य,मान्यता,अनुशासनलाई कायम राख्दै निरन्तर आफ्नो अधिकारको निम्ति अध्ययन संगसंगै संघर्ष गर्न अनुरोध गरे ।
सम्मेलनले खुम रिजालको अध्यक्षतामा ४९ सदस्यीय मुल इकाई कमिटी निर्वाचित गरेको छ ।
सम्मेलनले विभिन्न बिभाग हरु पनि गठन गरिएको अखिल (क्रान्तिकारी) पद्मोदय नमुना माबिका नवनिर्वाचित अध्यक्ष खुम रिजालले जानकारी दिए ।
अध्यक्ष रिजालका अनुसार छात्रा बिभाग संयोजक बिमला नेपाली र सहसंयोजक पुष्पा योगि,स्वास्थ्य तथा सरसफाइ बिभाग संयोजक बिपना थापा सह संयोजक लक्ष्मी बस्नेत सदस्य समिक्षा पाण्डे,क्रान्तिकारी विद्यार्थी स्वयंसेवक बिभाग संयोजक दिपेस ऐरी,सह संयोजक करण पुन,
खेलकुद तथा अतिरिक्त बिभाग संयोजक दामोदर घर्ती र सह संयोजक महेश बुढा,सदस्य बिन्दु लम्साल,हिमाल डागी,
अनुशासन बिभाग संयोजक भुमी थापा र सह संयोजक निलम चौधरी,बिज्ञान संकाय संयोजक अमृत बुढाथोकी र्सह संयोजक पुष्पा योगि,व्यवस्थापन संकाय संयोजक प्रशान्त बुढा सह संयोजक बिपना थापा सदस्य समिक्षा पाण्डे,शिक्षा संकाय संयोजक ललिता मगर र सह संयोजक वर्षा बुढा निर्वाचित भएका छ्न । पद्मोदय नमुना मा बि भरतपुर दाङ साबिक राप्ती अन्चलकै पुरानो र सबै भन्दा ठूलो सामुदायिक विद्यालय हो जहाँ हाल करिब ६५०० (छ हजार पाँच सय) विद्यार्थी हाल अध्ययन गरिरहेका छ्न ।
पद्मोदय माबी मुल इकाइ समिती सदस्य तिलक खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुल इकाइ समिति संयोजक खुम रिजालले गरेका थिए।