logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

राईफल खाेसेकाे दिनलाई प्रतिरोध दिवसकाे रुपमा मनाउदै


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र २२ २०७७

तत्कालीन सामन्ति निरंकुश व्यवस्थाको अन्त्य गरि जनताको व्यवस्था स्थापनार्थ सन्चालित नेपाली माअाेवादि जनयुद्ध अगाडि बढ्ने क्रममा २०५४ साल चैत्र २६ गते कालिकोट माल्कोट विथलडाँडामा निर्दोष जनता माथि गोलि बर्सिएकाे थियो ।

उक्त दमनका विरुद्ध महिलाहरुले मात्रै विद्रोह गरि रगतको बदला रगतले लिएको र प्रहरीहरुलाई कब्जामा लिएर राईफल खाेसेकाे दिनलाई बहादुरी महिला प्रतिरोध दिवस मनाउदै आईएकाे छ ।

पितृसत्तात्मक दासताका जन्जिरहरुलाई, पुरुषवादि हुकुमि शासनलाई चिहानमा मिलाउन सक्ने तागत उक्त प्रतिरोधकाे दिनले उत्साह पैदा गर्छ । यसै सन्दर्भमा वर्तमान पुँजिवादि व्यवस्थाले पनि महिलाहरुलाई अाधुनिक दास बनाएर रुप र रङ्गको साधनको रुपमा शाेषण गरि रहेको छ । अझै पनि सामन्तवादि पितृसत्तात्मक व्यवस्थालाई कहि न कहि बढवा दिने गरिन्छ । बाकी रहेको पितृसत्तात्मक व्यवस्था र पुँजिवादि व्यवस्थालाई परास्त पार्दै सम्पूर्ण मानव जातिको मुक्ति र समान व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत नयाँ अभियानको आरम्भ भईरहेकाे छ ।

यसै सन्दर्भमा उक्त दिनलाई स्मरण गर्दै थप प्रतिबद्धता सहित अगाडि बढ्न अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिकाे अायाेजनामा २४ औं प्रतिरोध दिवसको दिन सम्मान,अभिनन्दन तथा प्रतिबद्धता कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमलाई सम्बाेधन गर्न प्रमुख अतिथि अनेम संघ क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष बन्दु चन्द,बिशिस्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज क.रवि अतिथि पुर्व सभासद एवं अनेम संघ क्रान्तिकारीकि केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा उपाध्याय लगायतकाे उपस्थितिमा भब्य रुपमा हुने भएको छ साथै भेरी कर्णाली जनसाँस्कृतिक परिवारको बेजोड साँस्कृतिक कार्यक्रम पनि रहने बताईएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार