logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल(क्रान्तिकारी) कपिलवस्तु जिल्ला सम्मेलन सम्पन्न

विष्णु राउतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, चैत्र २३ २०७७

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कपिलवस्तुले ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औं जिल्ला सम्मेलन !’ भन्ने नारासहित २१ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ । आइतवार कपिलवस्तुको चार नम्बरमा भएको सम्मेलनले विष्णु राउतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जिल्ला उपाध्यक्षमा संगीता विक, सचिवमा विनोद गिरी, सह–सचिवमा करिस्मा भट्टराई र कोषाध्यक्षमा सुशील रोका निर्वाचित भएका छन् । सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले देशमा निजी शिक्षाको अन्त्य गरि वैज्ञानिक समाजवादी शिक्षाको स्थापना गनुपर्ने बताए । ढकालले शिक्षामा देखिएका तमाम समस्याहरूको एकमात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरूलाई संगठनमा संगठित भई कडा संघर्ष गर्न अपिल समेत गरेका थिए ।नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंह ‘प्रविण’ले वर्तमान संसदीय व्यवस्थाले देशमा कुनै पनि निकास दिन नसक्ने बताए । उनले पछिल्लो समय देशमा देखिएको सम्पूर्ण राजनीतिक अस्थिरताको मूलजरो संसदीय व्यवस्था नै रहेको बताए । ‘प्रविण’ले नेकपाले वैज्ञानिक समाजवादको एजेण्डालाई निस्कर्षमा पु¥याउने प्रतिबद्धतासहित सम्पूर्ण जनसमुदायलाई एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आह्वान समेत गरे । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरो संयोजक विरेन्द्र विकले शैक्षिक क्षेत्रमा देखिएको निजीकरण, दलालीकरण, माफियाकरणको अन्त्यको निमित्त संघर्ष गर्न र संगठन विस्तारलाई निरन्तरता दिन समेत निर्देशन गरे । सम्मेलनबाट पुर्ननिर्वाचित अध्यक्ष राउतले संगठनलाई नयाँ कार्ययोजनाका साथ अघि बढाउने प्रतिबद्धता गरेका थिए । सम्मेलनमा युवा संगठन नेपाल कपिलवस्तुका अध्यक्ष ‘बादल’, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ । विनोद गिरीको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता विष्णु राउत, स्वागत संगिता विक र शुभकामना तथा बधाई मन्तव्य बादलले राखेका थिए । कार्यक्रममा उत्साहजनक हज्जारौंको संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार