logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल (क्रान्तिकारि)पाल्पाद्वारा संगठन बिस्तार


  • रुपा सेन,पाल्पा
  • मंगलबार, चैत्र २४ २०७७

रुपा सेन/पाल्पा
चैत, २४ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) पाल्पाले संगठन बिस्तारलाई तिब्र रुप दिएको छ ।
सोमबार शहीद बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय तर्फबाट क.बिष्णु खत्रीको नेतृत्वमा १३ जना सदस्यीय कक्षा कमिटी निर्माण गरेको छ ।

यस्तै नवदुर्गा मा.वि कक्षा ९ र ८ मा सुजाता कुमालको अध्यक्षता २७ जना कमिटी गठन गरेको छ र गंगा मा.वि. Animal Science तर्फबाट पूर्ण ब. के. सी को अध्यक्षतामा ७ जना र ११/१२ को शिक्षा र व्यवसायी तर्फबाट सदस्यीय पुजा न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण गरेको छ ।
राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलनलाई सब्य र भब्य पार्नका निम्ति संगठनले गरेको विभिन्न खालका आन्दोलन, वर्तमान तथा भावी शैक्षिक रणनीतिहरु विद्यार्थीलाई सुनाउदै प्रशिक्षण गर्दै पाल्पाका अध्यक्ष लंक रानाले पाल्पा रामपुरको बिद्यालयहरुमा लिएको अतिरिक्त शुल्कका बारेमा विभिन्न ढंगबाट आन्दोलन गर्ने घोषणा गरे । साथै विद्यार्थीका हकहितका लागि अखिल(क्रान्तिकारी) सदैव तयार रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार