logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डले हर संकटमा सम्झिने थ्री ‘बी’


  • राजनीति
  • शुक्रबार, चैत्र २७ २०७७

केपी ओलीको पेलाइमा पर्दै पुरानै पार्टीमा फर्किन बाध्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु, मोहन वैद्य,विप्लव र बाबुराम एक हुने समय आएको बताउदै हिड्न थालेका छन । कति सम्म भने उनले आफ्नो पछिल्ला राजनीतिक यात्रामा भोगेका चोटहरुमा जनयुद्धकालिन सहयोद्धाहरु बैध, विप्लव र बाबुरामलाइ सम्झिने गरेका हुन्छन ।

पछिल्लो समय जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसंगको भेटमा प्रचण्डले यस्तो बताएको स्रोतको दाबी रहेको छ । झन्डै एक महिना अगाडि भएको भेटमा दुई नेताबीच सत्ता समिकरणबारे गहिरो कुराकानी भएको बताइएको थियो ।

ओली सग एकताको ढाइ वर्ष नपुग्दै प्रचण्डले माओवादी आन्दोलनको चर्चा गर्दै त्यसबेलाका सहयात्री मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई र नेत्रविक्रम ‘विप्लव’ सग समीक्षा सहित अगाडी बढ्नु पर्ने आसय अभिव्यक्त गरेको जनाएको छ ।

‘मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव पनि चिन्तित हुनुहुन्छ, अब फेरि एकचोटी एक हुने समय आउन खोजेको देख्छु म’, प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने ।

सबै जनासँग नै बेला बेला कुरा भइरहेको बताउँदै प्रचण्डले ‘विभाजित भएर गल्ती गर्यौं, प्राप्त उपलब्धि पनि जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता हामी सबैलाई छ।’ भने्का छन् ।

आफू निकै संकटमा परेका प्रचण्डले पूर्व माओवादी खेमालाई एकतामा आउन अपिल पनि गरेको बिषयलाइ बैध र विप्लवले भने त्यति गम्भीरता पुर्वक लिएको देखिदैन । उनिहरुको बुझाइमा प्रचण्डको राजनीतिक लाइनको बिषय भन्दा पनि क्षणिक भावनात्मक खेल भएको अर्थाएका थिए ।

पछिल्लो समय एक अनलाइनसंगको अन्तरवार्तामा प्रचण्डले भने, ‘साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि एकतामा आउनुपर्ने हो ? त्यसकारण एकतामा आउन अपिल गर्दछु ।’

अहिलेको ब्यवस्थालाई दलाल संसदिय ब्यवस्था भन्दै आएका विप्लव र बैधले प्रचण्डको कुरामा त्यति रुचि देखाएका छैनन् । उनिहरु बैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाका लागि संघर्षमा नै रहेकाछन । यधपी सबै तिर रहेका क्रान्तिकारीहरुलाइ एकताबद्ध हुन नेकपाका महासचिव विप्लवले अपिल गर्दै आएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार