logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे काे पुगे बुढानिलकण्ठ तीन दलकाे बैठकमा, हेर्नुस् [नामसहित]


  • राजनीति
  • शुक्रबार, चैत्र २७ २०७७

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको तीन दलको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सहभागी छन् ।

त्यस्तै, बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रबक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य कृष्णबहादुर महरा
र प्रमुख सचेतक देब प्रसाद गुरुङ सहभागी छन् । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, शीर्ष नेता राजेन्द्र महतो, राजेन्द्र प्रसाद श्रेष्ठ र अशोक कुमार राई बैठकमा सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार