logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादीले कार्वाही गरेका ४ जना पुन मन्त्री नियुक्त


  • राजनीति
  • शुक्रबार, चैत्र २७ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् ।

उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुको अहिले राष्ट्रपति निवासमा सपथग्रहण चलिरहेको उनले बताए । माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार