राजनीति
एक वर्ष अगाडी गठित पत्रकार बिद्यार्थी संगठन नेपाल विघटन भएको घोषणा भएको छ ।
बिघटित पत्रकार बिद्यार्थी सगठनमा आबद्ध सबै सदस्यहरु नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनमा समाहित हुने घोषणा समेत गरेको छ । उक्त कुरा बिघटित सगठनका संयोजक मुक्ति गैरेद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
पत्रकार बिद्यार्थी संगठनले मुलुकमा राजनीतिक प्रतिबन्ध भएको अवस्थामा समेत महत्त्वपूर्ण भुमिका खेलेको जनाएको छ ।
यस्तो छ जारी बिज्ञप्ती
राजनीतिक प्रतिकुलता अवस्थामा समेत यश संगठनले महत्त्वपूर्ण भुमिका खेलेको सबैमा सर्वविदितै छ । बदलिँदो परिस्थितिलाई मध्य नजर गर्दै वर्तमान आवश्यकता र अनिवार्यलाई मनन् गर्ने कुरा नै वैज्ञानिक हाे ।
हाम्रा दृष्टिकोण,विचार र उदेश्यहरु जनपत्रकार संगठन,नेपाल संग तादम्यता मिल्ने भएकाेले हाम्रो पत्रकार विद्यार्थी संगठन नेपाल आजैका मिति देखि विघटन भएको घाेषणा गर्दछाैं । साथै यश संगठनकाे केन्द्र देखि ईकाई सम्मका सम्पूर्ण सदस्यहरुलाई जनपत्रकार संगठन,नेपाल मा अाबद्द भई तत् : तत् भुमिका निर्वाह गर्न अपिल गर्दछौं ।
हार्दिक अभिवादन
२७ चैत २०७७
मुक्ति गैरे
संयाेजक
पत्रकार विद्यार्थी संगठन,नेपाल
प्रथम राष्ट्रिय भेला आयाेजक समिति
