logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘लभ’ गहिराे परिरहेकाे थियाे अदालतले ‘डिभाेर्स’ दियाे


  • राजनीति
  • आइतबार, चैत्र २९ २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन्। दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन्।

‘अदालतले पति–पत्नीलाई डिभोर्स गरेझैं हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो। त्यसैले मैले सेटिङ भयो भनेको हुँ,’ दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो। माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिन्नथ्यो र। लभ परेकालाई अदालतले जबर्जस्ती डिभोर्स गरिदिन पाइन्छ? यसरी डिभोर्स गरिदिनु त प्राकृतिक रूपले पनि अन्याय भयो।

दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता–कार्यकर्ताले पार्टीमा नयाँ मदन भण्डारी भेटियो भन्ने गरेको दाबीसमेत गरे। नेता–कार्यकर्ताले आफूप्रति ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको दाहालले बताए। ‘ओली प्रवृत्ति’ विरुद्ध लड्न थालेपछि उनले प्रतिक्रान्तिकारीहरूसँग मिलेर षड्यन्त्र गरेको दाहालको आरोप थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार