logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

जिम्मेवारी नेताको शैली जनताको


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र २९ २०७७

कम्युनिस्टकाे मुलभुत सिद्धान्त श्रमजीवी सर्वहारा वर्गको सेवा गर्ने सिद्धान्त हाे । यिनको पक्षमा बाेल्ने,लेख्ने,अन्यायका विरुद्धमा लड्ने वैज्ञानिक सिद्धान्त हाे । जसकाे सिद्धान्त तत्कालीन प्रतिक्रियावादी राज्य सत्ताको विरुद्धमा कठाेर संघर्ष गरेर प्रमाणित गरिएको वैज्ञानिक मार्गनिर्देशक सिद्धान्त हाे । यसको मार्गनिर्देशक सिद्धान्त विशुद्ध श्रमजीवी सर्वहारा वर्ग,अन्याय,अत्याचार,उत्पिडनको पक्षमा लड्दा खुन र पसिना पगाएर जन्मेको हाे । जसले समाज विज्ञानको अाधारमा विकास भएको प्रकृतिको व्यवस्था र अवस्थालाई ऐतिहासिक द्दन्धात्मक भाैतिकवादका रुपमा विकास गरेको छ । जसले निरन्तर विकास भईरहने समाजमा शाेषणाका अाधारहरुलाई अन्त्य गर्दै समान व्यवस्थाकाे अाधारहरु खडा गरिएको छ । तसर्थ यस मार्गनिर्देशक वैज्ञानिक दृष्टिकोणलाई बुझेको जाे काेहि पनि यसलाई अात्मसाथ गर्दा सम्म नेताकाे जिम्मेवारीमा रहे पनि अाँफुलाई जनताको,श्रमजीवी,सर्वहारा वर्गको पक्षमा जहिले पनि सेवक बन्ने बाटोमा प्रेरित गरि राख्दछन् र काम गरिरहन्छन् ।

अहिले वर्तमान नेपालकाे सन्दर्भमा जनताको सेवा गर्ने र मुद्दा उठान गर्ने जाे काेहि व्यक्तिलाई नेताकाे उपमा दिने गरिन्छ । याे उपमा प्राप्ति पछि अाँफुलाई मालिक सम्झिने सुष्म शाेषककाे रुपमा अनन्त उभ्याउने गरेको देखिन्छ । यस प्रवृत्तिलाई ताेड्दै माथि पहिलो प्याराग्राफमा उल्लेख भए झै व्यवहारमै उत्रिने गरि नेपाल कम्युनिस्ट पार्टी अाउन खाेजेकाे देखिन्छ । यस पार्टीका नेता नेत्रबिक्रम चन्द “विप्लव” कहिले गहुँ बारिमा,कहिले मकै बारिमा,कहिले देश र जनताका निम्ति विभिन्न कालखण्डमा लडेर प्राणउत्सर्ग गर्नु महान शहिदहरुलाई विस्मरण गर्दै सहिद परिवारका अाफन्तजनहरुका,कहिले पार्टी कार्यकर्ताहरुकाे बिचमा प्रशिक्षण,बैठक,भेला र सम्मेलनमा त कहिले जनकम्युन भनेर निर्माण गरिएको उत्पादन पकेट क्षेत्रहरुमा देखिने गर्नुहुन्छ । पछिल्लो समय सरकार संग तीन बुँदे सहमति गरेर केही दिन काठमाडौंमा रहनु भएका विप्लवलाई पछिल्लो समय केही मिडियाले अतिरन्जित बनाउदै विप्लव गुमनाम शिर्षकमा नाम लेखेर अनावश्यक टिप्पणी गर्न खाेजे । तर स्मरण रहाेस् कि पहिलो प्याराग्राफलाई बुझेर अात्मसाथ गर्ने जाे काेहि व्यक्ति,संगठन र पार्टी सधैं उ जनताको विच मै हुन्छ कहिल्यै गुमनाम हुन सक्दैन् । पछिल्लो समय पुँजीवादि समाजको भद्दा रुप प्रकट भईरहेकाे समयमा यसबाट बच्न र यसले गरेका शाेषणहरुलाई उखेलेर फाल्न वैज्ञानिक समाजवादी क्रान्तिकाे शुरुआत गरिएको छ । याे वैज्ञानिक समाजवादी व्यवस्थामा अनिवार्य रुपमा नेता देखि कार्यकर्ता जनतासंग समान ढंगले पार्टी,संगठन,उत्पादनमा तल्लीन हुनुपर्छ,अात्मनिर्भर हुनुपर्छ भन्ने मान्यता राख्दै यतिबेला पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु देशै भरि अाफ्ना महासचिव विप्लवको कार्यलाई अनुशरण गरेको देखिन्छ । यतिबेला रुपन्देहीको मिलनचाेक र नयाँ बसपार्ककाे बिच भागमा रहेका प्रशासनिक भवनका कम्पाउण्डहरुमा पार्टीका जिल्ला सचिव प्रभात नै दुई जिल्लाका युवा संगठन,नेपालका अध्यक्षहरु साथमा अन्य नेताहरु संगै अाफै वालपेन्टिङ्ग गरेको देखिन्छ । अहिले उक्त पार्टीले देश‌ै भरि अाफ्ना पार्टीका महासचिव विप्लव सहित जनसम्बन्ध विस्तार तथा सुदृढ अभियानमा रहेको देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार