logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल (क्रान्तिकारी) उपत्यका क्षेत्रीय समन्वय समितिकाे प्रशिक्षण सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र २९ २०७७

अखिल(क्रान्तिकारी) मध्य केन्द्रिय कमान्ड अन्तर्गत उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, उपत्यका विशेष ब्युरो इन्चार्ज तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज चिरन पुन “मिलन” र अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा महासचिव तथा मध्य केन्द्रिय कमान्ड इन्चार्ज प्रकाश शाहिको अध्यक्षतामा राजधानीको त्रिचन्द्र कलेजमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा ब्युरो इन्चार्ज मिलनले विद्यार्थी आन्दोलनको दिशा,क्रान्तिकारीहरुको कार्यभारका विषय सहभागीलाई प्रशिक्षित पार्नु भएको थियो । मिलनले नेपालमा राजनीतिक रुपमा दलाल संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद र दलाल नव उदारवादी बुर्जुवा शिक्षाको विकल्पमा बैज्ञानिक समाजवादी शिक्षा प्रणालीका विषयमा प्रशिक्षित पार्नु भएको थियो । साथै नेपालको वर्तमान शिक्षा प्रणाली असफल साबित भइसकोले बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अवलम्बन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।साथै ब्युरो इन्चार्ज मिलन ले एकीकृत जनक्रान्ती को विशेषताका बारेमा औल्याउँदै आफ्नो पार्टी एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादि व्यवस्था स्थापनाको आन्दोलनमा रहेको र यो आन्दोलन कम्युनिस्ट आन्दोलनको नयाँ र विकसित आन्दोलन रहेको औल्याउँदै यसमा युवा विद्यार्थीहरुको भूमिकाको विषयमा सहभागी हरुलाई प्रशिक्षित पारेका थिए । अध्यक्ष चिरञ्जीवी ढकालले नेपालका दलाल संसदीय पार्टी निकट विद्यार्थी संगठन लुटपाट,कमिसन र ठेक्कापट्टामा लिप्त भएको भन्दै आफ्नो संगठन मात्र असलि विद्यार्थी को प्रतिनिधि भएको बताए । यस्तै अध्यक्ष ढकाल ले वर्तमान शिक्षा प्रणाली समाज,देशको र जनताको जीवन सँग मेल खाने नभएको र शैक्षिक संस्थाहरु विदेशी कामदार उत्पादन गर्ने कारखाना भएको भन्दै बैज्ञानिक समाजवादी शिक्षा प्रणालिको अपरिहार्यताका विषयमा प्रशिक्षित पारेका थिए । अध्यक्ष ढकालले सहभागीलाई बैज्ञानिक समाजवादी शिक्षाको सारतत्व र रुपरेखाका विषयमा प्रष्टाएका थिए । प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष रुद्र भट्टराईले नेपालमा अहिले पुँजिवादि शिक्षाले चरम संकट ल्याएको कारणले यसलाई अन्त्य गरेर वैज्ञानिक समाजवादी शिक्षाले मात्रै सबै हल गर्ने बताउनु भयो । प्रशिक्षण कार्यक्रमका अध्यक्षता ग्रहण गर्नुहुनुहुने मध्य कमाण्ड ईन्चार्ज तथा महासचिव प्रकाश शाहिले शिक्षामा आमूल रुपान्तरणको आवश्यकता औल्याउँदै एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली प्राप्तिको आन्दोलन एक अर्काको परिपुरक रहेको बताउदै सहभागीलाई प्रशिक्षित पारेका थिए। यसै गरि उपत्यकामा कार्यरत अखिल(क्रान्तिकारी)का उपलब्ध सिसिएमहरुले संक्षिप्त प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा उपत्यका विशेष ब्युरो अन्तर्गत त्रिभुवन विश्वविद्यालय,क्याम्पस जिल्ला,ललितपुर,भक्तपुर,नुवाकोट ,धादिङ,रसुवा,काभ्रे,डि १ लगायत जिल्ला भित्र पर्ने क्याम्पस /कलेज बाट इकाई अध्यक्ष/संयोजकहरुको सहभागीता रहेको थियो।
कार्यक्रम मिलन राईले संचालन गरेका थिए भने स्वागत मन्तव्य मदन केसिले राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार