logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टी बदल्ने ४ माओवादी सांसद पदबाट बर्खास्त


  • राजनीति
  • सोमबार, चैत्र ३० २०७७

प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रले आफ्ना चार प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।

नेकपा एमालेमा लागेका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाहीस्वरुप बर्खास्त गरेको हो ।

उनीहरुमाथि कारवाही गरिएको पत्र माओवादी केन्द्रले प्रदेशसभामा बुझाइसकेको छ ।

कारवाही गर्नुअघि उनीहरुसँग पार्टीले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएका कारण उनीहरुलाई बर्खास्त गर्न प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाइएको संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

प्रदेश २, प्रदेशसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार