राजनीति
पार्टी फुटको कारणले राजनीतिक समिकरणको संकट झेल्दै र मिलाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही थपघट र जिम्मेवारी हेरफेर समेत गर्ने तयारी गरेको जनाएको छ ।
स्रोतका अनुसार ओलीली हाल गृहमन्त्री रहेका राम बहादुर थापा ‘बादल’लाई उपप्रधानमन्त्रीमा बनाएर ललितपुरबाट संसद बनेका नवराज सिलवाललाइ गृहमन्त्री बनाउन लागेको दाबी गरेको छ । साथै नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
भोलीको सम्बोधनमा प्रधानमन्त्रीले देशवासीलाई आग्रह केही आग्रह र अनुरोध गर्न लागेको जनाइएको छ। यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा पनि प्रधानमन्त्री ओलीकाे सम्बोधनमा उल्लेख गर्नेछन्।
२०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ।
सम्बोधनमा महामारीको क्षति र त्यसमा सरकारको कदमका बारेमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्। कोरोनाले मात्र होइन राजनीतिक रुपमा समेत वर्ष २०७७ पीडादायी नै रह्यो। यस सन्दर्भका पनि मूख्य घटनाहरु र त्यसले सरकारका कामलाई परेका बाधाका बारेमा प्रधानमन्त्रीको सम्बोधनमा समेटिनेछन्।
कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम गर्यो र के उपलब्धी हासिल गर्यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।
याे पनि………. विप्लवसंग हतियार छ उच्च निगरानीमा राख्छाै : गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विल्व नेतृत्वको नेकपा र सरकार बिच भएको ३ बुदे सहमति भएको २ महिना नबित्दै बिवादास्तद अभिब्यक्ति दिएका छन्ज । उनले पाेखरामा आयाेजित एक कार्यक्रममा विप्लव नेकपासंग हतियार हुनसक्ने भन्दै सहमति काे खिल्लि नै उडाय । उनले राजनीति दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्।
‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र हुँदैन, राजनीतिक रूपमा हल गर्नुपर्छ।’
देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको भन्दै मन्त्री थापाले यसले विकास निर्माणमा असर पुर्याएको एक सहभागीले बताए।
‘सरकारको नेतृत्व गरेकै पार्टीमा पनि पूर्ण एकता छैन’, गृहमन्त्रीको भनाइ उदृत गर्दै एक सहभागीले भने, ‘सरकारलाई गिराउने खेल खेलिरहेको छ, संविधान मान्ने दलहरूमा संघर्ष पैदा भएको छ।’
राजनीतिक कोणबाट आउन सक्ने असुरक्षालाई ध्यान दिएर सुरक्षा नीति बनाउन उनले निर्देशन दिए।
संविधान मान्ने दलहरूबाट पनि शान्ति सुरक्षामा खतरा आउन सक्ने उनको भनाइ छ। उनले त्यस्तो दलको नाम भने नलिएको अर्का सहभागीले बताए।
जातीय र धार्मिक कोणबाट पनि असुरक्षाको स्थिति आउन सक्ने भन्दै उनले सुरक्षा नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए।
गृहमन्त्री थापाले विप्लव नेकपाको गतिविधि निगरानीमा राख्नुपर्ने बताएका छन्।
‘विप्लव नेकपासँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन्’, उनले भने, ‘ विप्लव नेकपालाइ निगरानीमा राख्नुपर्छ।’
पोखरामा भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समापनमा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।
आइतबार र सोमबार भएको दुई दिने गोष्ठीमा भाग लिन उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा झरेका थिए।
यसअघि सुरक्षा गोष्ठीहरूमा सुरक्षा चुनौतीका रूपमा विप्लव नेकपा र सिके राउतको समूह अगाडि आउने गरे पनि उनीहरू शान्तिपूर्ण राजनीतिमा आएकाले सुरक्षा चुनौतीका रूपमा देखा नपरेको बताए।
पछिल्लो समय राजनीतिक तरलता बढेको भन्दै थापाले यतिबेला सुरक्षा चुनौती पनि बढ्ने बताए।
‘शान्ति सुरक्षाका लागि चुनौती धेरै छन्, चुनौतीको फेस गर्नुपर्छ’, थापाको भनाइ उदृत गर्दै गण्डकीका आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतले भने, ‘स्थायी सरकार तपाईंहरू हो, प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम राख्नुस्।’
गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखले सुरक्षा चुनौतीका बारेमा रिपोर्टिङ गरेका थिए।
गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रहरी समायोजन ऐन छिटो जारी गर्न आग्रह गरे।
प्रदेश सरकारले प्रहरी ऐन ल्याइसकेपछि संघीय सरकारले प्रहरी समायोजन नगर्दा लागू हुन नसकेको उनको भनाइ छ।
‘प्रहरी नभएको सरकार हुँदैन, नीतिगत निर्णय नहुँदा अन्यौलता बढेको छ’, मुख्यमन्त्री गुरूङले भने, ‘छिटोभन्दा छिटो प्रहरी समायोजन हुनुपर्यो।’
गृहमन्त्री थापाले प्रहरी समायोजनको काम छिटो टुङ्ग्याउने प्रतिवद्धता जनाएको मन्त्री बस्नेतले बताए।
गृह मन्त्रालय र गण्डकीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा उक्त गोष्ठी भएको थियो।
गोष्ठीमा बोल्दै गण्डकीका आन्तरिक मामिला तथा कानुनमन्त्री बस्नेतले सुरक्षा निकायका लागि आवश्यक बसोबास, सवारी साधन लगायत आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए।