नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पाको १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज तानसेन सदरमुकाम तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसकाे महाकवि देवकाेटा हलमा तानसेनमा उद्दघाटन समारोहका विच सम्पन्न भएको थियो । उक्त उद्दघाटन समारोहलाई सम्बाेधन गर्दै संगठनका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला ईन्चार्ज प्रविणले”वर्तमान शिक्षा प्रणाली उत्पादन मुखि नभएकोले यस शिक्षाले अव्यवहारिकता पैदा गरेको छ,यसले वेराेजगारि मात्रै दिएको छ तसर्थ सम्पूर्ण युवा बिद्यार्थीहरु एकीकृत जनक्रान्तिले ठाेस गरेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लाग्नुपर्ने बताउनुभयो साथै अहिले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले शिक्षालाई व्यवहारिक बनाउदै प्रत्यक्ष उत्पादन प्रणाली संग जाेडेर अात्मनिर्भर बनाउन पार्टीले पहल गरेको बताउनुभयो । उहाँले युवा विद्यार्थीहरु एकीकृत जनक्रान्तिमा समाहित हुने सबैलाई पार्टीले जिम्मा लिएर उत्पादन पकेट क्षेत्रमा परिचालन गर्दै व्यक्ति,समाज र देशलाई स्वाधीन र अात्मनिर्भर बनाउने तर्फ आफुहरु लागेको बताउनुभयो ।”
यस्तै अतिथि नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला सचिव प्रभातले सुभकामना मन्तव्य दिदै “हामिले हतियार नउठाएकाे,आफुहरु सित हातहतियार नभएको बताउनु भयो । विगतमा जे भए त्यो जनता माथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताउनुभयो । उहाँले जब दमन,विभेद,अन्याय,अत्याचारले सिमा नागेपछि जनताले जहिले पनि प्रतिरोध गरेको ईतिहास नभुल्न आग्रह गर्नु भयो । हाम्रो पार्टीका नेताकार्यकर्ताहरुलाई अनावश्यक दुख दिने,निगरानी गर्ने,धरपकड गर्ने,जेलनेल,हिरासत थाेपेर समस्या समाधान नहुने बरु यसले झन् गहिरो खाडल र प्रतिशाेध उत्पन्न गर्नेछ त्यसैले राज्यका प्रतिनिधिहरुलाई यसाे नगर्न अाग्रह गर्नु भयो । पार्टी संसदीय व्यवस्थाकाे असफलता र यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा राजनीतिक एवम् वैचारिक अभियान चलाईरहेकाे छ याे अभियान नेपाली जनता र देशको पक्षमा हाे,विचार एवम् चेतनाको अभियान हाे, याे अभियानले हातहतियार र युद्ध सामाग्री जम्मा नगरेको बताउनुभयो । बरु चेतनाको दियोबाट अतालिनेहरुले अभावाहा फैलाएको बताउनुभयो । हामी सुन्दै छम् पढ्दै छम् झुठ्ठा मुद्दा लगाएर दसाैं ठाउँहरुमा पुर्याएर पुर्वपक्ष कारागार चलानमा रहनु भएका बिरामी अशक्त हाम्रो पार्टीका नेता चन्द बहादुर चन्द “विरजंग”लाई पुनः रुपन्देही जिल्ला अदालतले कहि नभेटिएकाे र उक्त वतनका व्यक्ति २१ दिन भित्र हाजिर हुन जारी गरिएको राष्ट्रिय पत्रिका गाेरखा पत्रमा प्रकाशित सुचना हास्यास्पद सहित घाेर अन्याय भएको बताउनु भयो । आफ्नै राज्यले छाेपेर झुठो मुद्दामा कारागार चलान गर्ने फेरि आफ्नै राज्यको अर्को निकायले नभेटिएकाे भन्दै फरार अभियुक्त कहि नभेटिएकाे भनेर सुचना जारी गर्ने याे कस्तो प्रक्रिया हाे ?,के हामीले गरेको सहमति पालना राज्यले नै ताेड्न चाहेको हाेत ?,राज्य पनि जिम्मेवार बन्नु पर्दैन् ?, कम्तीमा कानुन भन्दा माथि उठेर यस निकायमा कार्यरत सबैले स्वविवेक प्रयाेग गरेर न्याय दिन मिल्दैन् ? यसाे गर्दै अगाडि बढे आखिर युद्ध र अशान्ति कसले चाहेको रहेछ प्रष्ट हुन्न र ? त्यसैले युद्ध घाेषणा सरकारलाई नगर्न आग्रह गर्नु भयो यसाे भएमा जनताको शक्तिशाली एकताबाट त्यस्ता युद्धलाई परास्त पारेर शान्ति ल्याएको ईतिहास पनि नभुल्न आग्रह गर्नु भयो ।”

अर्का अतिथि साेहि संगठनका लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विकले सुभकामना मन्तव्य दिदै वैज्ञानिक समाजवादी शिक्षाले मात्रै आम विद्यार्थीहरुकाे समस्या समाधान गर्ने बताउनु भयो,साथै अहिलेकाे शिक्षा दलाल पुँजिवादि शिक्षा भएकोले शिक्षालाई व्यवहारिक बनाउन नसकेर बेरोजगारी बनाएको बताउनुभयो । त्यसैले हाम्रो आस्थाकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिमा सामेल भएर समग्र समस्यालाई हल गर्न जाेड दिनुपर्ने बताउनु भयो ।” त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई,क्याम्पसका स्ववियु सभापति हरिबाेल भट्टराईले मन्तव्य राख्दै सम्मेलन सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मेलनकाे पुर्वसन्ध्यामा तानसेन नगर कमिटी र रामपुर नगर कमिटी लगायत जिल्ला भरिबाट पुराना र नयाँ कमिटीहरुबाट प्रतिनिधि,परिवेक्षकहरुकाे उपस्थिति रहेको जानकारी प्राप्त भएको छ । “सम्मेलनकाे दाैरानमा हामीलाई छाेटाे समयका बाबजुद पनि हामीले २०७७ चैत २२ गते देखि २९ गते जिल्लामा रहेका प्रमुख क्याम्पस संगठन सुदृढ तथा विस्तार एवम् ईकाई भेलाहरु सम्पन्न गर्याैं । जस अन्तर्गत ८ दिनको समयमा हामीले १२ वटा क्याम्पसमा २८४ जना संगठित गर्न सफल रह्याैं । जस अन्तर्गत रामपुर नगरपालिका,निस्दिगाँउपालिका,माथागढि गाँउपालिका,रैनादेवि छहरा गाउँपालिका,तिनाउ गाँउपालिका,पुर्वखाेला गाउँपालिका,रम्भा गाउँपालिका,पुर्वखाेला गाउँपालिका प्रतिनिधि र परिवेक्षकहरु मात्रै उपस्थिति थियोे भने तानसेन नगरपालिकाका कमिटी अन्तर्गत रहेका क्याम्पस,स्कुलहरुका रहेका सम्पूर्ण ईकाई समितिमा आबद्द सबैकाे उपस्थिति रहेको” नवनिर्वाचित अध्यक्ष लंक बहादुर रानाले बताउनु भयो ।
साथै सम्मेलनकाे बन्द सत्रमा राजनीतिक एवम् वैचारिक प्रतिवेदन तथा संगठनात्मक कार्यक्रम प्रस्तुत गर्दै प्रतिनिधि र परिवेक्षककाे विचबाट व्यापक छलफल गरि नयाँ जिल्ला कार्यसमिति निर्माण गरेको छ । कार्यसमितिकाे अध्यक्षमा लंक बहादुर राना सहित १५ सदस्यीय समिति एकमतले पारित गरि निर्वाचित गरेको छ । कार्यक्रमकाे संचालन विद्या विश्वकर्माले गर्नु भएको थियो भने स्वागत मन्तव्य मनिसा बमरेलले गर्नु भएको थियो ।
