logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मुख्यमन्त्री शाहीकाे विपक्षमा भाेट गर्न एमालेकाे ह्वीप


  • राजनीति
  • शुक्रबार, बैशाख ३ २०७८

कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ । सोही बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने पनि उनले जानकारी दिए ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अघि एमालेले नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार