नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालकाे रुपन्देही जिल्ला अन्तर्गत सियारि गाउँपालिकाको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न सम्मेलन गरेको छ । सम्मेलनकाे अध्यक्षमा राम बहादुर थारुकाे नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेकाे छ । उक्त प्रथम भेलामा एकीकृत जनअाधार विस्तार अभियानका कमाण्डर नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला सेक्रेटरी प्रभात प्रमुख अतिथि रुपमा रहनु भएको थियो । साथै अतिथि उक्त ईलाकाका नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी एनबी शाही,युवा संगठन रुपन्देहीका जिल्ला सचिव बाेलेराे समेतकाे उपस्थिति थियो ।
युवा संगठन,रुपन्देहीको बैशाख १८ गते चाैथाे जिल्ला सम्मेलनकाे पुर्वसन्ध्यामा व्यापक संगठन सुदृढ तथा अभियान जिल्ला भरि नै चलाईएकाे सचिव बाेलेराेले बताउनु भयो ।