logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे काे सहभागी भए सर्वदलीय बैठकमा ?


  • राजनीति
  • शनिबार, बैशाख ४ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सो बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।
यसैबीच जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ । सर्वदलीय बैठकमा अनुपस्थित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई आधिकारिक रुपमा निम्ता नआएको बताए ।

उनले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा जानकारी आएको होला । तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन ।’

सर्वदलीय बैठकको बारेमा पार्टीमा जानकारी आउनुपर्ने भएपनि त्यसो नभएकाले आफू बैठकमा जाने कुरा नभएको बताए । यस्तै सो पार्टीबाट डा बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएका छैनन्।
तर, सर्वदलीय बैठकमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भने सहभागी भएका छन् ।

यस्तै बैठकमा माओवादीको पनि सहभागिता रहेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार