नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । २०७४ साल फागुन ३ गतेमा माओवादी केन्द्रको समर्थन सहित एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । माओवादीका तर्फबाट कुलप्रसाद केसी र सुदर्शन बराल मन्त्री बनेका थिए । २०७५ साल जेठमा २ पार्टी एक भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि मुख्यमन्त्रीलाई माओवादी केन्द्रको समर्थन कायमै थियो । सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। माओवादी केन्द्रबाट मन्त्री भएका केसी र बरालले पदबाट राजिनामा दिएका छन । अब सरकार गठनको नयाँ बाटाे खुलेको छ । लुम्बिनी प्रदेश नयाँ सरकार बनाउन ३ दलले सहमति गरेका छन् । नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपाबिच सहमति भएको हाे ।
४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेकाे विरुद्धमा हस्ताक्षर गरेका छन्